२०८३, १४ बैशाख सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३० महिनापछि फर्किए काबुलमा “बन्धक” भएका ३ नेपाली

२०७४, २६ माघ शुक्रबार ०२:२४

माघ २६, काठमाडौँ । मानव तस्करको परिबन्दमा परेर अफगानिस्तानमा ३० महिनाभन्दा बढी गैरकानुनी हैसियत र झन्डै बन्धकसरहको जीवन बिताएर अफगान सरकारबाट ‘माफी’ पाएपछि ३ नेपाली कामदार बिहीबार काठमाडौं फिरेका छन् ।

 कास्कीका गोविन्द पौडेल र हेमप्रसाद गुरुङ तथा पर्वतका मीनबहादुर क्षत्री भारतको नयाँदिल्ली हुँदै २०१५ जुन १ मा काबुल पुगेपछि स्थानीय क्यामोलेट बिजिनेस इन्टरनेसनल कम्पनीमा सेक्युरिटी गार्डका रूपमा कार्यरत थिए । 

तर, उक्त कम्पनीले भिसा तथा वर्क पर्मिट नदिएरै १० महिनापछि कामबाट निकालिदिएपछि उनीहरू गैरकानुनी हैसियतमा काबुलमा लुकीछिपी बस्दै आएका थिए । ‘ओभरस्टे’ र एक्जिट भिसाको शुल्क जरिवानास्वरूप बढदै गएपछि यी कामदार बन्धकसरह काबुलमा बसिरहेका थिए । 

पीडितहरूले नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्र सचिवसहितलाई बारम्बार उद्धारका लागि आग्रह गर्दै आएका थिए । एक साताअघि मात्रै अफगान सरकारले यी कामदारले तिर्नुपर्ने झन्डै ५० लाख रुपैयाँको जरिवाना मिनाहा गरिदिएपछि उनीहरू दुई दिनअघि मात्रै काबुलबाट दिल्ली आएका थिए ।

दिल्लीस्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीका अनुसार यी कामदार बिहीबार अपराह्न नेपाल वायुसेवाको उडानबाट काठमाडौं आएका छन् । 

पोखराको एसजी मारिन मेनेजमेन्ट प्रालिका प्रबन्धक सन्तोष गुरुङ, लक्ष्मी कार्की र चन्द्र गुरुङलाई जनही ७ लाख रुपैयाँ बुझाएर आफूहरू अफगानस्तान काममा गएको बयान पीडितहरूले दिँदै आएका छन् । 

दिल्लीमा पुगेर उनीहरूले भरतकुमार अधिकारी क्षत्री नामका एजेन्टलाई ९० हजार भारु र काबुलमा पुगेर अली नामका अर्का एजेन्टलाई १ हजार डलर बुझाएका थिए । उनीहरूलाई पोखराका म्यानपावर एजेन्ट हुँदै दिल्ली र काबुलमा पुग्दासमेत अमेरिकी कम्पनीमा काम दिइनेबताइएको थियो । -कान्तिपुर दैनिकबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल सुकुमबासी बस्तीमा आज पनि डोजर परिचालन कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे चयन शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता मन्त्रिपरिषद् बैठक बस्दै मोटरसाइकलको ठक्करबाट बाबु छोराको मृत्यु काँग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै कक्षा १२ को परीक्षा आजदेखि सुरु सुनचाँदीको मुल्य बढ्यो