Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण ०२ गते, दिउँसो १२:३० बजे काठमाडौँ - KTM, बिशेष खबर, बैतडी - BTD

चट्याङ लागेर २२ जना सैनिक घाइते, पाँचको अवस्था गम्भिर

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

नरी बडु/फागुन २, बैतडी । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।

मंगलवार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्म अन्तर्गत कठपतेमा तालिम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपती, सेनानी सुदिप बानियाले जानकारी दिनुभयो । बाँनियाका अनुसार घाइते मध्ये ५ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाण्डौं पठाउने तयारी भएको सेनानी बानियाले जानकारी दिनुभयो ।

बानियाका अनुसार ‘तालिममा रहेका सेनाका जवानहरु एक्कासी चट्याङ लागेर घाइते भएका छन् । समान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भईरहेको छ । गम्भीर घाईते पाँच जनालाई उपचारका लागि काठमाण्डौं पठाउने तयारी भईरहेको छ ।