डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फ"/>

2026-10-29 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शे–फोक्सुण्डो तालको पुनःमापन गरिने

टेकबहादुर शाही/फागुन ३, डोल्पा । नेपालकै सबै भन्दा गहिरो ताल शे–फोक्सुण्डो तालको पुनःमापन गरिने भएको छ । 

डोल्पा जिल्लाको शे–फोक्सुण्डो गाउपालिका र शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने ६ सय ५० मिटर गहिरो शे–फोक्सुण्डोको पुनःमापन हुने गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागले जानकारि दिएको छ । 

कुल ६ सय ५० मिटर गहिराइ रहेको शे–फोक्सुण्डो तालको पहिलो मापन २०३६ साल तिर गरिएको भन्ने रहे पनि हाल उक्त तथ्याङ्क कतै भेटिएको छैन । सन २००४ मा ब्याथीमेट्रीक सर्वे बिधि अपनाइ बैज्ञानिक अध्ययन गर्दा उक्त अध्ययनले शे–फोक्सुण्डो तालको जम्मा गहिराइ १ सय ४५ भएको भन्ने तथ्याङ्क जल तथा मौसम बिज्ञान बिभागमा पेश गरे पछि शे–फोक्सुण्डो ताल नेपालको गहिरो ताल नभएको भनेर बिबादित रहेको छ । 

सन २०६१ साल असार २४ गते मा जल तथा मौसम बिज्ञान बिभागका जगत प्रसाद भुसालको हवाला दिएर सुबोध गौतमले कान्तिपूरमा शे–फोक्सुण्डो लात नभइ रारा ताल नेपालकै गहिरो ताल भएको बिबादस्पत समाचार बाहिर ल्याइ बिश्वको सामु चिनिएको शे–फोक्सुण्डो लातको गलत प्रचार प्रसार गरेको स्थानीय आङबहादुर लामाले आक्रोस ब्यक्त गरे । 

तत्काल जिल्लाका सरोकारवाला र जिल्लाबासिको उपस्थितिमा मन्त्रीपरिषद र सम्बन्धीत निकायलाइ १० बुदे ज्ञापन पत्र बुझाएको स्थानीय बुद्धिजीवी योगेन्द्र बहादुर शाहीले बताए । 

उनले भने बिभिन्न क्षेत्रमा पहल गरेको र राष्ट्रिय निकुञ्जको बिभाग, शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र अन्य सबैले साथ दएको र १सय ४५ मिटर भएको भन्ने तथ्याङ्क भ्रमपूर्ण भएको बताए ।

भुषाल टिमले घैटिको प्रयोग गरेर मापन गरेको र मापनका उपकरण मर्मत गरि ल्याएकोले आधिकारिक नभएकोले पुनःमापन गर्न लागिएको स्थानीयहरुले बताए । 

निकै लामो समय देखि बिबादित रहेकोले यकिन तथ्याङ्क निकाली सत्य कुरा बाहिर ल्याउन आफनो क्षेत्रबाट लागि परेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारि दिएको छ । 

नेपालकै सबै भन्दा गहिरो तालको रुपमा परिचति भएको शे–फोक्सुण्डो ताल पछिल्लो समय बिबादित भए पछि पुनःमापनको लागि कन्सलटेन्सी छनौटको लागि सबै तयारी पूरा भएको र यहि आर्थिक बर्ष भित्र पुनःमापन गरिने बिज्ञान तथा प्रबिधि मन्त्रालय जल तथा मौसम बिज्ञान बिभागले जानकारि दिएको छ । 

३ हजार ६ सय मिटरको उचाइमा रहेको शे–फोक्सुण्डो ताल आन्तरीक तथा बाह्य पर्यटकका लागि पर्यटकीय आर्कषणको केन्द्र मानिन्नछ । हरेक बर्ष सयौको सख्यामा पर्यटकहरु शे–फोक्सुण्डो ताल घुम्न आउने गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले जानकारि दिए । 

एक दिनमा दर्जनौ पटक रंग बदल्ने र पानिमा हुने किरा समेत नपाइने कञ्चन पानि मात्र भएको मनमोहक ताल शे–फोक्सुण्डो ताल भएको बिज्ञहरु बताउछन । सुन्र शान्तर निश्चल पवित्र पानि र फोक्सो आकारमा बनेको ताल भएर नै शे–फोक्सुण्डो ताल नामाकरण गरिको स्थानीय बुद्धिजीविहरु बताउछन । 

उनिहरु भन्छन गहिराइ नभएको ताल भनेर भ्रमात्मक समाचार लेखेर शे–फोक्सुण्डो तालको खिल्ली उडाउने ब्यक्ति तथा सस्थालाइ कुनै पनि हालत नछोड्ने भन्दै आक्रोस पोख्छन । 

निकै बिबादित बनेको शे–फोक्सुण्डो तालको असार भित्र पुनःमापन हुने भए पछि स्थानीयहरु खुसि भएका छन । स्थानीयको भनाइ अनुसार अहिलेको नया प्रबिधि अनुसार पुनःमापन गरिए पछि आधिकारीक जे आउछ हामी मान्न तयार छौ तर भुषाल टिमले गरेको मापनमा सहमत छैनौ ।

दुर्गम र हिमाली जिल्लाका नागरिकलाइ छलकपट गरि त्यतिबेलाका बिभागका कर्मचारिहरुले मिलेमतोमा तालको मापन गरेको स्थानीयको आरोप छ । स्थानीय निकाय, शे–फोक्सुण्डो ताल क्षेत्रका स्थानीय र अन्य सरोकारवाला निकाय संग कुनै पनि सहकार्य नगरि मर्मत गरि ल्याएका यन्त्रबाट मापन गरी गलत प्रचारप्रशार गरेको स्थानीयहरु आरोप लगाउछन । 

 ३ हजार ५ सय ५५ बर्ग मिटरमा फैलिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्ने शे–फोक्सुण्डो ताल वाइ आकारको एक सुन्दर ताल हो । त्यहि तालबाट १ सय ५० मिटर अग्लो सुलिर्गाड झरना बग्ने गर्दछ । सुलिगार्ड झरनालाइ पनि फोक्सुण्डो झरनामा नामाकरण हुनु पर्ने स्थानीयको माग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम