2026-09-19 12:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जब निवर्तमान प्रधानमन्त्री देउवा केपी ओलीको कुर्सीमा बसिरहे…

फागुन ४, काठमाडौं । एमाले अध्यक्ष केपी ओली बिहीबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको देशवासीका नामका गरेको सम्बोधन सकिएको थिएन । 

ओलीले माओवादी केन्द्रको समर्थनमा आफूलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी प्रस्ताव गर्दै गर्दा प्रधानमन्त्री देउवाले फोन गरे। ‘म राजीनामा गर्छु, मैले राजीनामा गरेपछि मात्र त्यता प्रक्रिया अघि बढाउनुहोला’, टेलिफोनमा देउवाले ओलीलाई भने। त्यसपछि एमाले अध्यक्ष ओलीसहित पूर्वसभामुख सुवास नेम्बाङ देउवालाई कुरेर बसे।

केहीबेरमा देउवा आए, राष्ट्रपतिलाई राजीनामा बुझाए र एमाले नेताहरूसँग भेट नहुँदै राष्ट्रपति कार्यालयबाट बाहिरिए। ‘देउवा पुग्नुभन्दा पहिल्यै हामीले प्रधानमन्त्रीका लागि दाबीपत्र पेस गरिसकेका थियौं’, एमाले नेता नेम्बाङले भने, ‘त्यहाँ देउवाजीसँग हाम्रो भेट भएन।’

देउवा बाहिरिएलगत्तै अर्को कोठामा पुगेर राष्ट्रपति भण्डारीले ओली प्रधानमन्त्रीमा नियुक्त भएको पत्र दिइन्। राष्ट्रपति कार्यालयमा ४ बजे शपथ गर्ने तयसँगै ओलीसहितका एमाले नेताहरू राष्ट्रपति कार्यालयबाट बाहिरिए र पार्टी कार्यालयतर्फ लागे। देउवाले राजीनामा नदिए पनि सरकार गठनमा अप्ठ्यारो नपर्ने भन्दै एमाले अध्यक्ष ओली प्रधानमन्त्रीमा दाबी गर्न राष्ट्रपति कार्यालय पुगेका थिए।

राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा ओली नियुक्त भएको पत्र त थमायो, तर मिति गलत लेखेर। एक वर्षअघिको मिति राखेर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिको पत्र थमाएपछि सामाजिक सञ्जालमा निकै आलोचना भयो। राष्ट्रपति कार्यालयबाट बाहिरिएका ओली एमाले पार्टी कार्यालयमा पुगेपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइयो।

संसदीय दलको नेता चयन भएपछि प्रधानमन्त्रीमा दाबी गर्नुपर्नेमा उल्टो भएको एकथरी एमाले नेताहरूको भनाइ छ। तर, दुई दलको समर्थनमा प्रधानमन्त्री हुन संविधानले दलको नेता नतोकाले संसदीय दलको नेता अघि वा पछि भन्ने कुराको अर्थ नहुने पूर्वसभामुख नेम्बाङले बताए। संसदीय दलको बैठकमा ओलीले सांसदहरूलाई पोसाकमा ध्यान दिन र ‘इमान’ मा रहन निर्देशन पनि दिए।

ओलीले पुरुष सांसदलाई दौरा सुरुवाल र महिला सांसदलाई सारी चोलो लगाउन निर्देशन दिए। विगतमा ओली संसदीय दलको नेता भएपछि एमालेका सांसदहरूलाई यस्तो निर्देशन दिइएको थियो।

ओलीले सांसदहरूलाई राष्ट्रिय झन्डा भएको लोगो लगाउन पनि निर्देशन दिएका थिए। एमाले दलको बैठकपछि ओली शपथका लागि राष्ट्रपति कार्यालय पुगेका थिए। दिउँसो ४ बजे शपथको समय निर्धारण गरिए पनि उपराष्ट्रपति नन्दबहादुर पुन आउन ढिला भएपछि शपथ समारोह एक घण्टा ढिलो भएको थियो।

शपथ समारोहमा निवर्तमान प्रधानमन्त्री देउवाले कुर्सी हस्तान्तरण गर्न बिर्सेका थिए। शपथपछि प्रधानमन्त्रीको कुर्सी नयाँ आउने प्रधानमन्त्रीलाई छाडनुपर्नेमा देउवाले कुर्सी नछाडेर प्रधानमन्त्रीकै कुर्सीमा बसेका थिए। 

केहीबेर अलमलजस्तो देखिएपछि राष्ट्रपति कार्यालयका मर्यादापालकले देउवालाई नयाँ प्रधानमन्त्रीका लागि कुर्सी छाडन र अर्को कुर्सीमा बस्न आग्रह गरे, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई