By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    2 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    5 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    6 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    6 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    9 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो ?
काठमाडौँ - KTMबिशेष खबर

ओली र दाहालबीच पाँच घण्टासम्म चलेको ‘लन्च मिटिङ’ मा के भयो ?

साझासवाल
Last updated: February 19, 2018 1:37 am
साझासवाल
4 Min Read
Share

फागुन ७, काठमाडौं । दुवै पार्टीका ‘मार्गनिर्देशक सिद्धान्त’ लाई एकताको महाधिवेशनमार्फत छिनोफानो लगाउने गरी एमाले-माओवादीले पार्टी एकतालाई अन्तिम रूप दिने भएका छन्। यो खबर रामकृष्ण अधिकारीले आजको अन्नपूर्णमा लेखेका छन्।

एकीकृत पार्टीको दुई अध्यक्ष (केपी ओली र पुष्पकमल दाहाल) ले संयुक्त नेतृत्व गर्ने, आलोपालो प्रधानमन्त्री बन्नेसम्मका विषयमा सहमति जुटाइसकेका दुई पार्टीबीच एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त केलाई बनाउने भन्नेमा विवाद देखिँदा एकता प्रक्रियामा जटिलता देखिएको थियो। तर, शनिबार र आइतबार दुवै पार्टीका अध्यक्ष बीचको ‘वन-अन-वन’ छलफलले वैचारिक राजनीतिक विषयमा सहमति जुटाएकाले अब एकता प्रक्रिया करिब निष्कर्षमा पुगेको माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले बताइन्।

प्रधानमन्त्रीको निजी निवास बालकोटमै शनिबार छलफल गरेका दुई अध्यक्षले आइतबार भने झापाको मेडिकल कलेजका व्यापारी दुर्गा प्रसाईंको भक्तपुर सानोठिमीस्थित निवासमा पाँच घण्टासम्म ‘लन्च मिटिङ’ गरेका थिए।

‘दुई नेताबीचको शनिबार र आइतबारका दुवै वार्ता सकारात्मक भएका छन्, अब केही गडबड नदेखिए सम्भवतः सोमबार एकता संयोजन समिति बैठक बसेर एकतालाई निष्कर्षमा पुर्‍याउने निर्णय आउन सक्छ’, भुसालले भनिन्।

उनका अनुसार एकताका क्रममा विवादमा आएको जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौं शताब्दीको जनवादका विषयलाई छलफलमा लगेर अब एकताको महाधिवेशनबाट अन्तिम छिनोफानो लगाउने विषयमा दुई अध्यक्षबीच सहमति जुटेको छ।

तत्कालका लागि माक्र्सवाद-लेनिनवादलाई पार्टीको मार्गनिर्देशक सिद्धान्त बनाउँदै अन्य विषयलाई भने छलफलमा लगेर महाधिवेशनमा टुंग्याउन ओली-दाहाल सहमत भएका हुन्।

शान्तिपूर्ण प्रतिस्पर्धात्मक बाटोबाट सामाजिक आर्थिक विकासको लक्ष्य राखी समाजवादको आधार तयार पार्ने गरी एकीकृत पार्टीको कार्यदिशा निर्माण गर्नेमा दुई अध्यक्षबीच सहमति छ।

‘एकीकृत पार्टीको कार्यदिशालाई परिमार्जन र विकास गर्ने गरी अगाडि जान नेता सकारात्मक देखिनुभएको छ’, भुसालले भनिन्।

एमाले स्रोतका अनुसार एकीकृत पार्टीको राजनीतिक दस्ताबेज निर्माणकै क्रममा अब एक-अर्काको विगतको इतिहासको सम्मान गर्दै दस्ताबेजीकरण गर्ने र नमिलेको विषयमा टिपोट बनाई महाधिवेशनमा लगेर टुंग्याउने गरी अब पार्टी एकता प्रक्रिया अगाडि बढ्छ।

बुधबार दुई अध्यक्षको व्यवस्थापन, पदीय मर्यादाक्रम, सानो आकारको केन्द्रीय समिति, आलोपालो प्रधानमन्त्रीलगायत विषयमा सहमति जुटे पनि एमालेले अँगाल्दै आएको जनताको बहुदलीय जनवादलाई अहिले नै पार्टीको सैद्धान्तिक आधार मान्ने/नमान्ने विषयमा कुरा नमिलेपछि एकता वार्ता अड्किएको थियो।

एमाले उपाध्यक्ष वामदेव गौतमले दुई पार्टी एक भइसकेको भन्दै अब एकताको ‘ता’ मात्रै बाँकी रहेको बताए। आइतबारको ठिमी बैठकपछि एमाले दलको कार्यालय सिंहदरबारमा पुगेका ओली-दाहाललाई आफू नेतृत्वको कार्यदलको प्रतिवेदन बुझाएपछि सञ्चारकर्मीसँग गौतमले आज-भोलितिरै एकता प्रक्रिया टुंगिने प्रतिक्रिया दिएका थिए।

‘दुई पार्टी अब एक भइसक्यो, एकताको ‘ता’ मात्र बाँकी छ, आज-भोलितिरै टुंगिन्छ’, गौतमले सञ्चारकर्मीस“ग भने, ‘औपचारिक एकता संसद् अधिवेशनपछि हुन्छ, माओवादी सरकारमा तत्काल आउँछ।’

दुई अध्यक्षबीच एकीकृत पार्टीलाई दुई अध्यक्षात्मक प्रणालीमा लगेर संयुक्त नेतृत्व गर्ने, पदाधिकारी दुई जना मात्र रहने, बैठकको अध्यक्षता आलोपालो गर्ने र पदीय मर्यादा पनि अध्यक्षता गर्ने को पहिलो नम्बरमा हुने गरी मिलाउने, ११ सदस्यीय स्थायी समिति बनाउने, दुई अंकसम्मको केन्द्रीय समिति बनाउने, दुई वर्षभित्रै एकताको महाधिवेशन गर्नेजस्ता विषयमा बुधबारको बैठकअगाडि नै सहमति जुटेको नेताहरूको भनाइ छ।

अब अन्य नेताको व्यवस्थापनका लागि संगठनात्मक स्वरूपका विषयमा छलफल गर्न एकता संयोजन समितिमार्फत संगठनात्मक कार्यदल बनाउने र मिलेको वैचारिक राजनीतिक विषयलाई दस्ताबेजीकरण गर्नका लागि वैचारिक कार्यदल बनाउने गरी संयोजन समितिले काम गर्ने तयारी दुई दलको छ।

आइतबार दुई अध्यक्षको छलफलपछि एकता संयोजन समिति बैठक बस्ने बताए पनि प्रधानमन्त्री ओलीको व्यस्तताका कारण आइतबार संयोजन समितिको बैठक बस्न सकेको थिएन।

पार्टी एकता बैठक टुंगो लगाउन आइतबार साँझ गृहजिल्ला चितवन जाने कार्यक्रम रोकेर दाहाल काठमाडौंमा रोकिएका छन्। स्रोतका अनुसार ओली-दाहालबीच पार्टी एकता, मन्त्रालय भागबन्डादेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्षलगायत पद-बाँडफाँटका विषयमा छलफल केन्द्रित छ। ‘प्याकेज सहमतिकै लागि दुई अध्यक्षबीच छलफल भइरहेको छ’, माओवादीका अर्का नेताले भने।

Share This Article
Facebook Email Copy Link Print
Previous Article संसदीय दलमा देउवालाई सर्वसम्मत नदिने, सिंह देउवासँग चुनावी प्रतिस्पर्धामै उत्रिन तयार
Next Article घरधनी भन्छन्,- ‘मेरामा वार्ता गर्दा प्रसन्न भएर फर्किनुहुन्छ’
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सेनाले गर्‍यो विस्फोटक पदार्थको परीक्षण

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग

5 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

कतार, दुबई र मलेसिया लगाएतका देशको पैसाको मूल्य बढ्यो (सुचिसहित)

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

त्रिभुवन विश्वविद्यालय किन बन्द भइरहन्छ?: सांसद डा.चन्द्र भण्डारी

12 months ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?