2026-09-15 05:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोटी - DT

डोटीको पहिचान जोगाउन खप्तड केवलकार संञ्चालन अभियान शुरु

प्रकाश बम/फागुन ८, डोटी । डोटीको पहिचान जोगाउन खप्तड केवलकार अभियान चलाएको डोटी उद्योग वाणिजय संघका निर्वतमान अध्यक्ष बिरेन्द्र शाहले बताउनु भएको छ । 

७ नम्बर प्रदेशको अस्थायि मुकाम खोसिए संगै अहिले जिल्लाको पहिचान काएम राख्न केबलकार संञ्चालनका यो अभियान गरीएको उहाले बताउनु भयो ।  

दिपायलमा प्रादेशिक महोत्सव संगै निवर्तमान अध्यक्ष शाहले केबलकार संचालनका लागि खुत्रुकेमा रु १० रुपैया अभियानले अहिले धेरैको मन जित्दै गइरहेको छ । झिग्राना देखि बिच पानि सम्म केबलकारका लागि चलाएको अभियानका लागि प्रादेशिक महोत्वमा आउने दर्शकहरु र अन्यबाट आज आठौ दिन सम्म १ लाख २८ हजार २९ रुपैया सहयोग भएकाले आफु निकै खुशि भएको निर्वतमान अध्यक्ष तथा दिपायल सिलगढी नगर पालिका ४ का वडा अध्यक्ष शाहले बताउनु भयो । 

सोम र मंगरबार सर्बपक्षिय बैठक बसेर  पाँचवटा खुत्रेके खोलेर उक्त रकम जम्मा भएको सार्वजनिक गरेको हो । ७ नमबर प्रदेशको ऐतिहासि, प्राकृत ,धार्मिक तथा अत्यन्त सम्भावना बोगेको खप्तड जति मनमोहक छ , त्यति बिकास तथा पुर्बाधारले नछोएकाले सोचे जति पर्यटक नआउने गरेको शाहले साझासवाल संग कुरा गर्दै चिन्ता ब्यत्त गर्नु भयो ।

खप्तड केबलकार संचालनका लागि चलाएको अभियानले राज्यलाइ ठुलो दवाब दिने डोटी उद्योग बाणिज्य संघ अध्यक्ष नरेन्द्र खड्काले बताउनु भयो । सबै संग सहकार्य गरेर यो अभियान पुरा हुनेमा आफु बिश्वस्त रहेको अध्यक्ष खड्काले बताउनु भयो । 

७ नम्बर प्रदेको मेरो दण्ड खप्तड भएकाले यो अभियान सफल पार्न सबैले लाग्नु पर्ने डोटी होटल ब्यससायि संघका अध्यक्ष दिपक खड्काले बताउनु भयो । 

देश संघियतामा गए संगैे प्रकृतीले दिएका बरदानलाई अझ झल्काउन र आर्थिक क्रान्ति ल्याउन केबलकार संचालनका खुत्रुके अभियान अति आवश्यक रहेको नेपाल पत्रकार महासंघका अध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका प्रेस सल्लाहाकार योगेन्द्र बलायरले बताउनु भयो । 

अभियान पुरा भए छिमेकि देशका पर्यटकलाई सहज तरीकाले ल्याउन सकिने अध्यक्ष बलायर बताउनु भयो । अभियानमा राज्यको छिट्टै ध्यानाकर्षणका साथै योजना अगाडी बढाउन आग्रह उहाँले जोड दिनु भयो ।

खप्तड केबलकार संञ्चालनका अनुमानित ३० देखि ४० करोड सम्म लाग्ने अनुमान गरीएको छ ।

भूस्वर्ग खप्तड 

खप्तड राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगम स्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ बर्ग कि.मी. छ । यो बि.स २०४२ मा स्थापना गरिएको हो । 

यो निकुञ्ज संसारकै राम्रो स्थानमा पर्दछ । समुद्र सतहबाट २४०० देखि ३७०० मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ १२ हजार फिट अग्लो खप्तड लेक। खप्तडमा पनि लिइन्छ। यो ५० वर्ष पहिले खप्तडबाबाले तपस्या गरेको पवित्र ठाउँ हो। 

सुदूरपश्चिमको भूस्वर्ग भनिने खप्तड डोटी अछाम बझाङ र बाजुराको संगमस्थल हो। खप्तडको त्रिवेणीमा रहेको त्रिवेणी मन्दिर र त्यसवरपर २२ वटा पाटन छन्। खप्तड बाबाको कुटी त्रिवेणी नदी खापर दह शिव मन्दिर सहस्रिलंग गणेश मन्दिर नागढुंगा केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन्। 

सदियौँदेखि खप्तडमा लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दसहरामा हजारौँ तीर्थयात्री भेला हुन्छन्। त्रिवेणी नदीमा स्नान गर्नुका साथै सुदूरपश्चिमकै प्रसिद्ध हुड्के नाच हेर्न स्थानीयवासी जम्मा हुने गर्छन्। 

सुदूरपश्चिमको सबैभन्दा प्रसिद्ध गन्तव्यस्थल खप्तड घुम्नका लागि जेठ, असारदेखि मङ्सिरसम्मको समय उपयुक्त मानिन्छ। यहाँ २५ मैदान मात्र छैनन्, वरिपरि ५३ वटा थुम्काहरू छन्, जसलाई स्थानीय भाषामा झोती भन्ने गरेको संस्कृत बिज्ञहरुको भनाइ रहेको छ । 

किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका भनाई छ । खप्तड पुग्ने धेरै बाटो भएपनि डोटीको सिलगढीबाट जाने बाटो भने धेरै चल्तीमा रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ