2026-06-26 12:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रेडियो रामेछाप ९५.८ मेगाहर्ज आजबाट छैठौँ बर्षमा प्रवेश

प्रज्वल पौडेल ।
फागुन ११
, रामेछाप |

रेडियो रामेछाप
सामुदायिक एफ.एम. ९५.८ मेगाहर्जले आफ्नो प्रशारण सुरु गरेको आजबाट ५ बर्ष पूरा
भएको छ ।
शान्ति, समानता र सदाचारका लागि सामुदायिक सञ्चारनारा
रहेको रेडियो रामेछाप सामुदायिक एफ.एम. ९५.८ मेगाहर्ज रामेछाप जिल्लासहित छिमेकी
जिल्लाका व्यावसायिक सञ्चारकर्मी
, सञ्चार र शिक्षाप्रेमी, शिक्षक, सञ्चार
उद्यमी
, व्यवसायी तथा अन्य सामाजिक क्षेत्रमा क्रियाशील एकसय भन्दा बढी
व्यक्तिहरुको सामूहिक शेयर लगानी र सहकारी मान्यता अनुरुप ६ बर्ष अगाडि २०६९ साल
फाल्गुण ११ गते बुधबारवाट सञ्चालनमा आएको हो । पूर्णतः समुदाय केन्द्रित रेडियोको
भालुखोप डाँडामा टावर र सदरमुकाम मन्थलीमा स्टुडियो रहेको छ । रेडियो रामेछापले
राष्ट्रिय भाषासहित अन्य स्थानीय भाषामा पनि आफ्ना कार्यक्रम प्रशारण गरिरहेको छ ।

 

सामूदायिक
रेडियोको भूमिकालाई अधिकतम प्रयोग गर्दै सकारात्मक सामाजिक परिवर्तन गर्ने र
समुन्नत समाज र राष्ट्र निर्माणमा सघाउने ऊर्जाका साथ रेडियोमा दक्ष र क्रियाशील
सञ्चारकर्मी कार्यरत रहेका छन् । यस रेडियोले कृषि
, शिक्षा,
स्वास्थ्य,
व्यावसायिक,
मनोरञ्जनात्मक, सूचनावर्दक,
संवाद लगायतका कार्यक्रमहरु प्रशारण गर्दै
आईरहेको छ ।

 

रेडियोले
केन्द्रको खबर गाउँसम्म पुर्याउन सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक
सूचना नेटवर्क सिआई एन बाट साझा खबर
, विविसि नेपालि सेवा र गाउँदेखि केन्द्र सम्मको
खबर सम्प्रेशण गर्न रामेछाप डायरी लाई नियमित खबरको माध्यम बनाएको छ । रेडियोमा
९५.८ मेगाहर्जमा सुन्न सकिने यस रेडियोले आगामि दिनमा थप समुदायमा लक्षित
कार्यक्रमहरु प्रशारणमा ल्याउने तयारी गरीरहेको छ । ग्रामीण समुदाय लक्षित
कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएको रेडियो रामेछापको २४ घण्टै प्रशारणको
अनुमति भएपनि अहिले बिहान ४
:४५ बजेदेखि राती
१०
:३० बजेसम्म प्रशारण भइरहेको छ ।

 

खोजमूलक
पत्रकारिता
, साम्यक मनोरञ्जन, सूचनाको ग्रामीण पहुँच विस्तार, जनमुखी
कार्यक्रम र सुधारात्मक विषय विश्लेषण रेडियो रामेछापको मुख्य कर्म र लक्ष्य रहेको
छ । रेडियोले व्यवसायी
, उद्योगी,
किसान, मजदुर, सरकारी,
गैरसरकारी कार्यालय, राजनीतिक
दल
, नागरिकसमाज र समस्त प्रवुद्ध वर्गसँग नजिकको सम्बन्ध कायम गर्दै कृषि, वन, वातावरण, पर्यावरण, व्यापार, उद्योग, पर्यटनको
विकासमा मद्धत गर्ने कार्यक्रमलाई जोड दिइरहेको छ । साथै रेडियो रामेछापले पत्रकार
र पत्रकारिताको हक
, हित र पेशाको रक्षाका खातिर पत्रकारिता सीप विकास र रोजगारीको पनि
सिर्जना गरिरहेको छ ।

 


यसैविच रेडियो
रामेछाप छैठौ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा हाम्रा सम्पूर्ण सेयर सदस्य
, कार्य
समितीका पदाधिकारी
, कर्मचारी, विज्ञापन दाता , श्रोता,
रेडियो तथा पत्रपत्रिका, संचारकर्मी
, सरकारी
तथा गैह्र सरकारी संघ संस्था
, राजनैतिक दल, शुभेच्छुक लगायत सम्पुर्ण नेपाली दाजुभाई
दिदिबहिनीहरुले दिनुभएको सहयोग सद्भावप्रति हार्दीक धन्यवाद व्यक्त गरेको छ साथै
यहाँहरुको निरन्तर सहयोगको अपेक्षाको साथै संचार क्षेत्रमा आबद्ध व्यक्तिमा सुःख
, सम्मृद्धि,एबंम
उत्तरोत्तर प्रगतीको कामना गदै देशमा शान्ति समानता र सदाचारको स्थायित्व कायम
रहिरहोस् भनि रेडियोले शुभकामना ब्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ