2026-09-15 04:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच अन्तरक्रिया

फागुन १८, कालिकोट । जिल्लाका जनप्रतिनिधि तथा शैक्षिक सरोकारवालाहरुबीच स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको छ ।

सेभ द चिल्डे«नको आर्थिक सहयोग, किर्डाक नेपाल र भिडिसेफ नेपालको सहजीकरण तथा जिल्ला समन्वय समिति कालिकोटको आयोजनामा कालिकोट जिल्लाका ९ वटै स्थानीय तहका प्रमूख, उप प्रमूख, अध्यक्ष उपाध्यक्ष तथा अन्य जिल्लाका शैक्षिक सरोकारवालाहरुलाई नेपाल सरकारले जारी गरेको स्थानीय तह सञ्चालन ऐन २०७४, आधारभुत तथा माध्यामिक शिक्षा सम्बन्धिका बिभिन्न क्षेत्रहरुका बारेमा अभिमुखीकरण गरिएको हो ।

जिल्ला समन्वय समिति प्रमूख अनिपाल शाहीको अध्यक्षता तथा शिक्षा बिभागका उप निर्देशक रामाकान्त शर्माको प्रमूख आतिथ्यततामा भएकोे कार्यक्रममा शिक्षा क्षेत्रमा रहेको नीतिगत व्यवस्था तथा वर्तमान अभ्यासका बारेमा सहजीकरण गरिएको बताईएको छ । 

यस्तै कार्यक्रममा नेपालले अन्तराष्ट्रिय स्तरमा गरेका प्रतिबद्धता, अन्तराष्ट्रिय स्तरमा स्वीकार गरेका मुल्य मान्यताहरु, स्थानीय तहबाट गुणस्तरीय शिक्षा प्रबद्र्धनमा देखा परेका चुनौती तथा त्यसको समाधानका उपायहरुका बारेमा छलफल गरिएको छ ।

कार्यक्रममा शिक्षा विभागका उप निर्देशक रामाकान्त शर्माले कार्यक्रमका सहभागीहरुलाई नेपालमा रहेका शिक्षा सम्बन्धिका नितिगत व्यवस्थाहरुका बारेमा जानकारी दिँदै शैक्षिक सुधारका लागि स्थानीय सरकारको मुख्य दायित्व रहेको बताए । 

उनले नेपालको संबिधानले स्थानीय सरकारलाई प्रयाप्त अधिकारहरु दिएको बताउँदै सामुदायिक विद्यालयको गुणस्तर सुधार नगरी शैक्षिक गुणस्तर अभिबृद्धि गर्न नसकिने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमूख, उप प्रमूख, जिल्लाका सबै स्थानीय तहका मेयर, उप मेयर, अध्यक्ष, उपाध्यक्ष, शिक्षा विभाग प्रमूख, स्थानीय तहका शिक्षा तथा सामाजिक समितिका संयोजकहरु, प्रशासकीय प्रमूख, जिल्ला शिक्षा अधिकारी, जिल्लामा शिक्षाको क्षेत्रमा काम गर्ने गैरसरकारी निकायहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ