Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-06-17 06:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वका धनीहरुको सूचीमा जेफ बेजोस पहिलो, १० शीर्ष स्थानमा को को परे ?

2018-03-07

फागुन २३, काठमाडौँ ।फोर्ब्स पत्रिकाले वार्षिक रुपमा सार्वजनिक गर्ने संसारका धानीहरुको सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प २२२ स्थान तल खस्किएका छन् । 


उनको कूल सम्पत्ति ३.५ अर्ब डलरबाट ३.१ अर्ब डलरमा झरेपछि उनी धनीहरुको सूचीमा पछि परेका हुन् ।

फोर्ब्सका अनुसार न्युयोर्कमा रहेको उनको सम्पत्तिको मूल्यमा आएको कमी र गल्फ कोर्सको आम्दानीमा आएको कमीका कारण उनको स्थान खस्किएको हो ।

धनीहरुको सूचीको शीर्ष स्थानमा अनलाइन कम्पनी एमाजोनका संस्थापक जेफ बेजोस रहेका छन् । गत वर्ष ३९.२ अर्ब डलर रहेको सम्पत्ति ११२ अर्ब डलर पुर्याउँदै उनले शीर्ष स्थानमा कब्जा जमाउन सफल भएका हुन् ।

फोर्ब्सको इतिहासमा यो सबैभन्दा ठूलो कमाई पनि हो ।

उनको उदयसँगै यसअघि शीर्ष स्थानमा रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्स ९० अर्ब डलर सम्पत्तिका साथ दोस्रो स्थानमा झरेका छन् । अघिल्लो वर्ष उनको सम्पत्ति ८६ अर्ब डलर रहेको थियो । पछिल्ला २४ मध्ये १८ वर्ष शीर्ष गेट्सले फोर्ब्स सूचीको शीर्ष स्थानमा कब्जा जमाउँदै आएका थिए ।

शीर्ष १० मा कोही पनि महिला पर्न सकेनन् । अमेरिकी रिटेल चेन कम्पनी वालमार्टकी एलिसा वाल्टन १६ औँ स्थानमा रहेकी छिन् ।

यस्ता छन् शीर्ष १० धनीहरुः

१. जेफ बेजोस, एमाजोन – ११२ अर्ब डलर

२. बिल गेट्स, माइक्रोसफ्ट – ९० अर्ब डलर

३. वारेन बफेट, बर्कसायर हाथावे – ८४ अर्ब डलर

४. बर्नार्ड आर्नल्ट एण्ड फ्यामिली, एलएमभीएच – ७२ अर्ब डलर

५. मार्क जुकरबर्ग, फेसबुक – ७१ अर्ब डलर

६. अर्मान्सियो ओर्टेगा, जारा – ७० अर्ब डलर

७. कार्लोस सिल्म हेलु एण्ड फ्यामिली – ६७.१  अर्ब डलर

८. चाल्र्स कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

९. डेभिड कोच, कोच इन्डस्ट्रिज – ६० अर्ब डलर

१०. ल्यारी एलिसन, ओराकल – ५८.५ अर्ब डलर

बढ्दो दूरी

देशको हिसाबमा अमेरिकामा सर्वाधिक ५८५ अर्बपतिहरु रहेका छन् । क्यालिफोर्नियामा मात्र १४४ अर्बपतिहरु रहेका छन् ।

३७३ अर्बपतिसहित दोस्रो स्थानमा चीन रहेको छ ।

युरोपबाट जमर्नीमा सर्वाधिक १२३ तथा भारतमा ११९ अर्बपतिहरु रहेका छन् । रसियामा १०२ जना अर्बपतिहरु रहेको फोर्ब्र्सले जनाएको छ ।

बेलायतमा भने गत वर्षबाट एक जना घट्दै ५३ जना अर्बपतिहरु रहेका छन् ।

फोरब्र्सका लुइसा क्रोल र केरी डोलानले धनीहरुको अझै धनी बन्दै गएको र गरिब र उनीहरुबीचको दूरी झन् बढ्दै गएको बताएका छन् ।

विनोद चौधरी १५६१ औँ धनी

नेपालका अर्बपति विनोद चौधरी विश्वको धनीहरुको सूचीमा १ हजार ५ सय ६१ औँ स्थानमा रहेका छन् । सिजी कर्पोरेसनका मालिक रहेका उनको सम्पत्ति बृद्धि भएर १.५ अर्ब डलर पुगेको फोर्ब्सले उल्लेख गरेको छ । हाल उनी नेपाल काँग्रेसको तर्फबाट समानुपातिक सांसद रहेका छन् ।

भारतमा मुकेश अम्बानी

यता, छिमेकी राष्ट्र भारतमा मुकेश अम्बानी शीर्ष स्थानमा रहेका छन् । ४०.१ अर्ब डलर सम्पत्तिसहित उनी विश्वको १९ औँ धनी बनेका छन् ।

दोस्रो स्थानमा अजीम प्रेमजी, तेस्रोमा लक्ष्मी निवास मित्तल रहेका छन् । 

एजेन्सी 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ