2026-06-26 12:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालबाट अन्तराष्ट्रिय बजारमा बिक्रि हुने ब्राण्डेड ह्वीस्कीमा मरेको लामखुट्टे भेटियो !

फागुन २४, काठमाडौं । राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको छ । 

पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेला परेपछि कम्पनीलाई खबर गर्दा समेत कम्पनीले कुनै वास्ता नगरी सेवनकर्ताले नै हालेको भन्दै आफु पन्छिने काम गरेको छ । स्क्टल्याण्डबाट आएका लिम्बु आफ्ना दाजुसंगै उक्त ह्वीस्की सेवन गर्ने क्रममा लामखुट्टे देखेपछि खान छाडेको बताउँछन् । 

महँगो र ब्रान्डेड ह्वीस्कीको पहिलो बिर्को खोलेपछि भित्र छुट्टै सिल हुने हुँदा कसैले जानी-जानी कुनै कुरा छिराउन नमिल्ने बताइन्छ तर वल्ड दरबार ह्वीस्कीको बोत्तलमा कसरी लामखुट्टे छिरेको भन्ने प्रश्नमा कम्पनीका एकजनाले गैरजिम्मेवार उत्तर दिएर टारेका छन् तर उनले आफ्नो गल्ति भने स्वीकार गरेका छैनन् । 

कम्पनीले आफुलाई बजारमा गिराउन षडयन्त्र भएको बताउँदा प्रयोगकर्ता भने आक्रोशित बने उनले भने – 'पिउंदै जाँदा लामखुट्टे तैरीईरहेको देखें, मरेको अवस्थामा ढाडीएर बसेको लामखुट्टे देखेपछी मैले ह्वीस्की पिउन छाडें । ब्रान्डेड ह्वीस्कीमा यस्तो लापरवाही हुन्छ भने अरुमा के होला ? यही बोत्तल अन्तराष्ट्रिय बजारमा भेटिएको भए नेपालको ब्राण्डमा कस्तो असर पर्ला ?' लिम्बुले भने । 

बलियो सिसाको शीलभित्र कसरी लामखुट्टेको प्रवेश भयो भनेर अचम्मित भएका लिम्बुले ह्वीस्की उत्पादन कम्पनीकै लापरवाही तथा कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवाड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । 

यस बिषयमा थप जानकारी लिन खोज्दा कम्पनीले वेवास्ता गरेको छ भने अरु ब्राण्ड ह्वीस्कीमा समेत यस्ता कमजोरी हुने भन्दै आरोप समेत लगाएको छ । शीलभित्र लामखुट्टे भेटेपछि उक्त बोत्तल प्रयोगकर्ता लिम्बुले साझा सबाल मिडियामा बुझाएका छन् । शील भित्र लामखुट्टे पर्न सक्ने सम्भावनाबारे हामीले अन्य कम्पनीलाई सोध्दा सिसाको सिल नतोडिएको बोत्तलमा केहि पनि छिराउन नसक्ने अन्य कम्पनीहरुले दावी गरेका छन् ।

वल्ड दरबार ह्वीस्कीको एक लिटरको बोत्तलमा लामखुट्टे तैरीईरहेको सहजै देख्न सकिन्छ जुन कम्पनीमा शिल अगावै परेको स्पष्ट छ । साझा सबालले यस बिषयमा नियमन निकायसँग ह्वीस्कीको गुणस्तर सम्बन्धि थप जानकारी लिने कोसिस गरिरहेका छ । साथै लामखुट्टे परेको बोत्तल प्रमाण सहित सुरक्षित राखेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ