उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । क"/>

2026-06-26 12:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकाको प्रसिद्ध फोर्ब्सको “फोर्ब्स ३० बर्ष मुनीका ३०” २०१८ को सूचीमा नेपाली चेली कन्चन

विजय थापा | विश्व कै सर्बाधिक धनीहरुको सूची निकाल्ने फोर्ब्सले "फोर्ब्स ३० बर्ष मुनीका ३०  " २०१८ को सूचीमा नेपाली चेली कन्चन अमात्य छनौटमा परेकी छिन् । 

उनलाई फोर्ब्स एसियाको लागि फोर्ब्स ३० बर्ष भन्दा मुनिका ३० महिला सामाजिक उद्यमीको रुपमा उनको नाम राख्दै सम्मान गरेको हो । काठमाडौँ ललितपुर निवासी तथा हाल अमेरिकाको न्युयोर्क बस्दै आएकी कन्चन अमात्य पिता जगदिस मान अमात्य तथा माता कृष्ण अमात्यकि कान्छी सुपुत्री कञ्चन अमात्य ,जोली अमात्यकि बहिनि पनि हुन् l

२०१८ फोर्ब्स ३० अन्डर ३० एसिया नामक उक्त सूचीमा अमात्य लगायत प्रसिद्ध व्यक्तिहरु परेका छन् । उक्त सूचीमा हिरोशी मिकितानी, प्रमुख कार्यकारी अधिकारी (सीईयो) -राकुटेन, सिनो भेसन उद्यमका काइ फु लि, संगीत निर्देशक ,कलाकारहरु लगायत अन्य सम्मानित भएका छन् । 

अमात्य भन्छिन  "विश्वभरका लाखौं महिलाहरू भेदभावको सामना गर्छन् र आजका अवसरहरूलाई कम पारि दिन्छन्। यो मान्यता मलाई महिलाहरुको लागि सक्रिय, सुरक्षित र निष्पक्ष रुपमा भाग लिनको लागि नयाँ अवसर सिर्जना गर्न मेरो यात्रामा लड्नको लागी प्रेरणा दिएको छ । तिनीहरूलाई गरिबीबाट बचाउन मद्दत गर्दछ उनि भन्छिन ।

बिघटन तथा नविन पद्धति नामक बिषय वस्तु तय गरिएको यस बर्षको सूची बिशेषताका ३ सय खेल परिवर्तन गर्ने ३० बर्ष तल उमेरका लाई १० वर्गमा विभाजित बनाईएको थियो । जस्ले परम्परागत ज्ञानलाई चुनौती दिदै तथा भावी पिढीहरुका लागि नियमहरुलाई पुन: लेखन गर्ने रहेको थियो । उक्त १० वर्गमा कला, मनोरंजन तथा खेलकुद, वित्तीय तथा उद्यम पूँजी, संचार, बजारीकरण तथा बिज्ञापन आदि रहेका थिए । 


२३ बर्षिय अमात्य युवा नेपाली सामाजिक उधमी तथा हाल उनि युएन महिला ग्लोबल च्यामपियन फर वुमेन ईमपावर मेन्ट एन युएन जिरो हंगर च्यामपियन हुन् । 

अमात्य विल क्लिन्टन फाउन्डेसन संस्था अन्तर्गत नेपालमा संचालित दिर्घकालिन माछा पालन स्थापना कि संस्थापक तथा कार्यकारी निर्देशक पनि हुन् । 

उनको संस्थाले खाद्यान्नको असुरक्षा र दिर्घकालिन जल संस्कृति गरीबीको समाधान गर्न मद्धत गर्दछ । त्यति मात्र हैन उनको संस्थाले ग्रामिण महिलाहरुलाई बित्तिय सहयोग ,प्रबिधि ,स्थानीय पूँजी प्रदान गर्नुको साथै आफ्नै स्वामित्व साना उद्यम संचालन गर्न तालिम समेत दिने गर्दछ ।

अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा संचालित क्लिन्टन फाउन्डेसनले नेपाली चेली कन्चन अमात्यलाई प्रेसिडेनसिएल क्लिन्टन ग्लोबल इनिसीएटिव अनर रोल अवार्ड २०१७ द्वारा सम्मान गरेको थियो । उक्त सम्मान अमेरिकाको म्यासाचुसेट्स राज्यको बोस्टनमा फाउन्डेसनको १० औ बार्षिक उत्सवमा सम्मान गरेको थियो । 

यसै गरि अमात्य अमेरिकी कांग्रेसमा युवा तथा बालबालिकाको हित तथा अमेरिकी संसद प्रतिनिधिसभा तथा अमेरिकन कांग्रेस समेत जिम्मेवारी पाएकी थिइन् l

अमात्य काठमाडौँ सेन्ट मेरिज पढाइपछि नर्बेमा युनाईटेड वर्ल्ड कलेजमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै १२ सम्म छात्रवृतिमा अध्ययन गर्ने मौका पाएकी हुन् । जसको माध्यमबाट उनले विश्वका सबै महादेश नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् ।


उनले व्हाइट हाउसको कार्यालयमा भएको बिज्ञान तथा प्रविधि नीति बिषयक गोष्ठीमा प्रस्तुती समेत गरीसकेकी छिन् । यस्तै राष्ट्रसंघमा नेपालको प्रतिनिधित्व गर्ने सबैभन्दा युवा महिला भै प्रतिनिधित्व गर्ने अवसर पाएकी छिन् भने राष्ट्र संघको साधारण सभामा वक्ता बनेर झन्डै ३५ लाख जनसख्याको प्रतिनिधित्व गर्दै बोल्ने अवसर समेत पाएकी छिन् ।

अमात्य ग्लोबल च्याम्पियन फर वुमेन’स इकोनोमिक इम्पावर मेन्ट, सयुक्त राष्ट्र संघ महिला सशक्तिकरण, युनाईटेड नेसन्स युथ एन स्टुडेन्ट एसोसिएसन अफ नेपालकी अन्तर राष्ट्रिय निर्देशक, रिजोलुसन प्रोजेक्ट कि रिजोलुसन फेलो, ओक्लाहोमा राज्यको युएसए एट फ्रेन्ड्स नेपालकि (डब्लुपीपीसी) सद्भावना दुत लिङ्ग तथा सामाजिक विकास सल्लाहकार, नेपाल, शान्ति एज्नेट, बिशिस्ट ओलम्पिकको पूर्व परियोजना नेतृत्वमा समेत काम गरी सकेकी छिन् ।

यसै  गरि अमात्य गत बर्ष " २०१७ एभ्रिडे योङ्ग हिरो अवार्ड " बाट सम्मानित भएकी थिइन् भने उक्त पुरस्कार युथ सर्विस अमेरिकाले आयोजना गरेको थियो । यसै गरि बेलायत को इम्प्याक्ट ईस्क्वार्ड ले गरेको एक सय जना को सूचीमा २५ बर्ष मूनिका युवा नेतृत्वहरुको सूचीमा कन्चन अमात्य छनौट भएकी थिइन् । 

यसै गरि महिला आर्थिक मंचले  गत अप्रिल महिनामा अमात्यलाई "२०१८ योङ्ग लिडर्स अवार्ड "बाट  पुरस्कृत गरेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ