२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सत्तरी वर्ष अगाडिको उपत्यका देख्दा…

२०७४, १४ चैत्र बुधबार १८:२६

रमेश गिरी | चैत १४, भक्तपुर | पारि फाट्टफुट्ट देखिने माटाका पुराना घर, हरिया डाँडा, डाँडामाथि देखिएका सेता हिमाल, पृष्ठभूमिमा भक्तपुरको कमलपोखरी, खर्पन बोकेका केही पाका उमेरका मानिस । 

गुचुमुच्च परम्परागत बस्ती, बस्तीका बीचमा माथिसम्म उठेको पाँचतले मन्दिर । पारिपट्टि देखिने हरिया डाँडा र हिमाल । नीलो सफा पानी भएको विशाल नःपुखु । ठूलो पीपलको रुख । पोखरीको डिलमा काखीमा शिशु बोकेका महिला, कोही पानी भर्दै, कोही लुगा धुँदै । 

तस्वीरमै सीमित यी दृश्य यतिखेर भक्तपुर नगरपालिका गछेँस्थित संस्कृत संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा देख्न सकिन्छ । सत्तरी वर्षअघिको काठमाडौँ उपत्यका कस्तो थियो होला भनेर उत्सुकता राख्ने तथा विगतको मौलिक बस्ती र सम्पदाका बारेमा जान्न चाहनेहरूका लागि पुरीले अवसर जुटाइदिनुभएको छ । 

तश्विरमा: भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा खिचेको वागमतीको तस्वीर । तस्विरः रमेश गिरी, भक्तपुर/रासस

डा टोनी हेगनले १९५० का दशकमा कैद गरेका काठमाडौँ उपत्यकाभित्रका ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदा, पोखरी, गाउँ, नदीनाला, मठमन्दिर र बस्तीका तस्वीर प्रदर्शनी शुरु भएको छ । डा हेगनको जन्मशतवार्षिकीको अवसर पारेर हेगन हाउसमा सोमबार साँझदेखि शुरु भएको एक साता लामो तस्वीर प्रदर्शनीले नयाँ पुस्ताको धेरै जिज्ञासा मेट्न सक्छ । 

डा हेगनकी छोरी केट्रिन हेगनले उद्घाटन गरेको प्रदर्शनीपछि प्रतिक्रिया दिँदै भन्नुभयोे, “म खुशी छु, मेरो पिताले नेपाललाई माया गरेर लिएको तस्वीर नेपालीमाझ प्रदर्शन गर्न पाइएको छ, विगतको सुन्दर नेपालबारे नेपालीहरूलाई जानकारी गराउन पाउँदा खुशी छु । यी तस्वीरहरूले पनि नेपालको इतिहास बोकेको छ ।” 

काठमाडौँ, भक्तपुर, ललितपुर, कीर्तिपुरलगायतका पुरातात्विक सम्पदा, ऐतिहासिक संरचना, ऐतिहासिक पोखरी, विश्वसम्पदा सूचीमा रहेका दरबार स्क्वायरको करीब ६० देखि ७० वर्षअघि टोनी हेगनले लिएका तस्वीरहरू हेगनकी छोरी केट्रिनले उपलब्ध गराएपछि सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीले प्रदर्शनीमा ल्याउनुभएको हो । 

तश्विरमा: भक्तपुरको गछेँस्थित सम्पदा संरक्षणकर्मी रवीन्द्र पुरीको टोनी हेगन हाउसमा सोमबारदेखि शुरु भएको प्रदर्शनीमा राखिएका स्विजरल्याण्डका भूगर्भविद डा टोनी हेगनले १९५० को दशकमा नेपालमा रहँदा खिचेको सिंहदरबारको तस्वीर । तस्विर: रमेश गिरी, भक्तपुर/रासस

काठमाडौँ टुँडिखेलको खुला चौर, त्यहाँबाट देखिएका हिमाल र काठमाडाँैको बस्ती, धान फल्ने खेतका फाँट र ष्लेष्मान्तक वनका बीचबाट बगेको सफा वाग्मती, कहीँ कतै नछेकिने र टाढैबाट देखिने पशुपतिनाथ मन्दिर, वाग्मती नदीमाथिको पुल, पातलो बस्ती र पुराना परम्परागत घरहरू तस्वीरमा देख्न सकिन्छ । 

आरपी फाउण्डेसनका अध्यक्ष एवं सम्पदा संरक्षणकर्मी पुरीले डा टोनी हेगनले नेपालमा पुर्याएको योगदानको स्मरण गर्दै टोनी हागन हाउस बनाएर उहाँको शतवार्षिकीका अवसरमा तस्वीर प्रदर्शनीमा ल्याइएको बताउनुभयो । 

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले तस्विर हेरेपछि आफ्नो बालापनको याद आएको बताउनुभयो । उहाँले भन्नुभयो, “बच्चा बेलामा हामी यही पोखरी, यही हनुमन्तेको पानी पिउँथ्यौं, पौडी खेल्थ्यौँ, सफा पानी बग्थ्यो, अहिले यो नदीमा ढल बग्छ, मन साह्रै दुख्छ, हामी खेल्ने सम्पदाका आँगनहरू अहिले कुरुप भएका छन्, त्यतिबेला टाढैबाट देखिने सम्पदा, मठ मन्दिर, अहिलेको घना बस्तीले छोपेको छ, कुरुप बनाएको छ ।” 

प्रदर्शनीमा राखिएका ५० तस्वीरले त्यसबेलाको काठमाडौँ उपत्यकालाई हुबहु उतार्न खोजेका छन् । प्रदर्शनी यही चैत १८ गतेसम्म चल्नेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा