2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन महोत्सव बैशाख १ देखि ७ गते सम्म चल्दै, ५ लाख पर्यटकले अवलोकन गर्ने अनुमान

बिमल खड्का | चैत १९, बागलुङ | पश्चिमी बागलुङ स्तरीय कृषि, पर्यटन तथा औधोगिक व्यापार मेला तथा ढोरपाटन महोत्सव २०७५  जिल्लाको पश्चिम भेग निशि भुजी तमान र बडिगाडको संगम स्थल बुर्तिबाङ बजारमामा  बैशाख १ देखि ७ गते सम्म संचालन हुने भएको छ । 

बागलुङ जिल्लामा रहेको नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने स्थानीय भेषभुषाको उजागर गर्ने कला संस्कृतिको संरक्षण गर्ने  उदेश्यका साथ महोइत्सव आयोजना गरिएको उद्योग बाणिज्य संघ ईकाई बुर्तिबाङका महासचिव राम सुवेदीले बताए ।

महोत्सवले स्थानीय कला, संस्कृतिको संरक्षण  रमणीय स्थलको अवलोकन  संगै पर्यटन विकासका लागि महोत्सवले महत्त्वपुर्ण भुमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।

आगामी बैशाख १ गते देखी ७ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६१ लाख रुपैँया आम्दानी गर्ने र सोही रकम बराबरको खर्च हुने अनुमान गरेको बताइएको छ । 

बागलुङ उद्योग बाणिज्य संघ बुर्तिबाङ इकाईका अध्यक्ष चिन्तामणी शर्माका अनुसार ढोरपाटन नगरपालिकाले मात्रै महोत्सवका लागि १० लाख रुपैँया बिनियोजन गरिसकेको जानकारी  दिएका छन । भने सहआयोजकमा निशिखोला गाउँपालिका तमान खोला गाउँपालिका  र बडिगाड गाउँपालिका लगाएतका अन्य संघ संस्था रहेको बताएको छ ।

७ दिन सम्म चल्ने महोत्सवमा ५ लाख भन्दा बढि स्थानीय तथा बाह्य पर्यटकहरुले अवलोकन गर्ने अनुमान गरिएको छ । ७० देखी एक सयको हाराहारीमा स्टल राखिने आयोजकले जनाएको छ । 

यस्तै कृषि प्रदर्शनी, विभिन्न स्थानीय खानाका परिकारहरु, स्थानीय स्रोत, साधनबाट निर्मित सामाग्रीहरु राखिने छ । महोत्सव अवधीभर प्रदेश स्तरीय ब्याडमिन्टर प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता राष्ट्रिय तेक्वादो, पञ्चेबाजा, छेलो, रस्साकस्सी, कविता प्रतियोगिता लगायतका विविध कार्यक्रमहरु रहेका छन् । 

राष्ट्रिय तथा स्थानीय कलाकारहरु बेजोड प्रस्तुति सहितको सांगीतिक प्रस्तुती समेत राखिने आयोजकले  जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई