2026-09-19 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वल्ड दरवार व्हिस्कीमा मरेको लामखुट्टे ! अब समर्सबी वियर लेदो र किराको स्वादमा (भिडियो सहित)

चैत १९, काठमाडौँ । गोर्खा ब्रुअरीले नेपाली बजारमा ल्याएको समर्सबी पेय पदार्थमा अखाद्य बस्तु भेटिएका छन् । समर्सबीका बोटलहरुमा किरा र लेदो भेटिन थालेका छन् । जसले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याइरहेको छ । 

२०७३ जेठबाट खेतान खेतान ग्रुपले गोर्खा ब्रुअरीमार्फत अन्तर्राष्ट्रियस्तरको ‘सफ्ट ड्रिंक्स’ को रुपमा समर्सबी बजारमा ल्याइएको हो । 

अल्कोहल ४.५ प्रतिशत मात्रै भनिएको समर्सबी २ सय मिलिलिटरमा बोटलमा धामाधम किरा र लेदो भेटिइरहेका छन् ।  

यस अघि नेपाली ब्रान्डेड व्हिस्की वल्ड दरवारमा मरेको लामखुट्टे भेटिएको थियो ।  

चैत १६, काठमाडौँ | राजधानीकै सातदोबाटो स्थित एक मदिरा पसलबाट किनेको वल्ड दरबार ह्वीस्कीभित्र लामखुट्टे फेला परेको बिषयमा कम्पनीले कुनै चासो देखाएको छैन । 

उपभोक्ताले ह्वीस्की पिउंदै जाँदा पिंधमा लामखुट्टे तैरीरहेको अवस्थामा फेला पारेपछि ह्वीस्की कम्पनीलाई खबर गरेका थिए तर कम्पनीले कुनै चासो देखाएको छैन । पसलबाट किनेर घरमा पुगेर खाने क्रममा ह्वीस्कीको आधि भाग खाएपछी पिधमा तैरिईरहेको अवस्थाममा उक्त लामखुट्टे फेला परेको उपभोक्ता भीम लिम्बुले बताए । अन्त्रष्ट्रिय बजारमा समेत बिक्री वितरण गर्दै आएको सो ब्राण्डका ह्वीस्कीभित्र लामखुट्टे फेला परेपछि कम्पनीलाई खबर गर्दा समेत कम्पनीले कुनै वास्ता नगरी सेवनकर्ताले नै हालेको भन्दै गैरजिम्मेवार उत्तर दिएको छ । स्क्टल्याण्डबाट आएका लिम्बु आफ्ना दाजुसंगै उक्त ह्वीस्की सेवन गर्ने क्रममा लामखुट्टे देखेपछि खान छाडेको बताउँछन् । 

महँगो र ब्रान्डेड ह्वीस्कीको पहिलो बिर्को खोलेपछि भित्र छुट्टै सिल हुने हुँदा कसैले जानी-जानी कुनै कुरा छिराउन नमिल्ने बताइन्छ तर वल्ड दरबार ह्वीस्कीको बोत्तलमा कसरी लामखुट्टे छिर्यो भन्ने प्रश्नमा सिल नतोडीएको अवस्थामा पनि छिराउन मिल्ने भन्दै आफ्नै ब्राण्डको खिल्ली उडाएको छ । 

कम्पनीले आफुलाई बजारमा गिराउन षडयन्त्र भएको बताउँदा प्रयोगकर्ता भने आक्रोशित बनेका छन् । उनले भने – ‘पिउंदै जाँदा लामखुट्टे तैरीईरहेको देखें, मरेको अवस्थामा ढाडीएर बसेको लामखुट्टे देखेपछी मैले ह्वीस्की पिउन छाडेंको हो । नेपालको ब्रान्डेड ह्वीस्कीमा यस्तो लापरवाही हुन्छ भने अरुमा के होला ? यही बोत्तल अन्तराष्ट्रिय बजारमा भेटिएको भए नेपालको ब्राण्डमा कस्तो असर पर्ला ?’ लिम्बुले भने । 

बलियो सिसाको शीलभित्र सिल नतोडी कसरी लामखुट्टे छिराउन सकिन्छ ? लिम्बुले ह्वीस्की उत्पादन कम्पनीकै लापरवाही तथा कमजोरी रहेको र मानव स्वास्थ्यलाई समेत खेलवाड गरेर उत्पादन गर्ने गरेकोले गुणस्तरहिन रहेको भन्दै सम्बन्धित निकायले अनुगमन गरेर कारवाही गर्नुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई