2026-06-26 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिन्डिकेट लाद्न खोज्ने सवारीहरुको रुट परमिट खारेज !

चैत १९, काठमाडौं । मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएको बिरोधमा आइतबारदेखि नेपाल यातायात व्यवसनयी राष्ट्रिय महासंघसम्बद्ध १३ वटा संघ/समितिले काभ्रे र भक्तपुरका सबै ग्रामीण क्षेत्रमा सवारी चलाउन छाडेपछि गृह मन्त्रालयले कठोर नीति लिएको छ ।

मन्त्रालयको नीति अनुसार सवारी नै चलाउन छाडेर सिन्डिकेटको पक्षमा लागेका यातायात व्यावसायीहरुको रुट प्रमिट खारेज गर्न विवरण लिने काम सुरु गरेको छ । मन्त्रालयकले सिन्डिकेटका पक्षमा बन्द गरिएका सवारीहरुको रेकर्ड प्रहरी तथा ट्राफिक प्रहरीमार्फत लिएर खारेज गरिने भएको हो । गृहमन्त्रालयले पाएको विवरणको आधारमा यातातायात व्यवस्था विभागले रुट प्रमिट नै खारेज गर्ने बताइएको छ ।

सरकारको यो निर्णयले यातायातमा भएको सिन्डिकेट तथा दादागिरी र यातायात व्यवसायीहरुको मनपरीमा हदैसम्मको नियन्त्रण हुने मन्त्रालयको विश्वास छ  । सिन्डिकेट हटाउने गृहमन्त्रालयको कठोर नीति सँगै अहिले सो रुटमा बाक्लो संख्यामा प्रहरीहरु परिचालन गरिएको छ । 

यातायातमा हुने सिन्डिकेट बिरुद्ध डटेर सामना गर्न प्रधानमन्त्रीको निर्देशन पाएपछि गृह मन्त्रालय, यातयात मन्त्रालय र यातायात विभागले प्रतिकार स्वरूप जस्तोसुकै कदम चाल्न सक्ने स्रोतले जानकारी दिएको छ । यातायात व्यवसायीहरुले समिति/संघ बनाई जिल्ला प्रसासनमा दर्ता गरेर कर समेत तिर्नु नपरेको अवस्थामा अनिवार्य कम्पनी मातहतमा जान पर्ने बनाइएपछी व्यावसायीहरु बिरोधमा छन् तर सरकारले भने जतिसुकै विरोध गरेपनि पछिल्लो नीति हेरफेर नगर्ने बताएको छ । पछिल्लो नीतिले वार्षिक १ अर्बभन्दा बढी कर संकलन हुने देखिएपछी सरकार पछी नहट्ने पक्का छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ