2026-09-19 07:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विसं २०७४ निर्वाचनको वर्ष, राजनीतिक उथलपुथल

चैत ३० काठमाडौँ | विसं २०७४ नेपालको इतिहासमै सबैभन्दा धेरै र महत्वपूर्ण निर्वाचन भएको वर्षका रुपमा दर्ज भएको छ । 

विसं २०७४ को प्रारम्भमै राजनीतिक दलहरुबीचको लामो बहसपछि वैशाख ३१ गते मुलुकमा झण्डै २० वर्षपछि स्थानीय तह (पहिलो चरण) को निर्वाचन सफलतापूर्वक सम्पन्न भयो । 

स्थानीय तहको दोस्रो चरणको निर्वाचन असार १४ र तेस्रो चरणको असोज २ गते सम्पन्न भएको थियो । जुन निर्वाचन नेपालको संविधानअनुसार संघीयता कार्यान्वयन गर्न र केन्द्रको अधिकार गाउँसम्म पु¥याउनका लागि कोशेढुंगा सावित भयो । 

यो निर्वाचनले ४० प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितता गरेको थियो । 

नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)बीच आलोपालो सत्ता नेतृत्व गर्ने सहमतिअनुसार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जेठ १० गते पदबाट राजीनामा दिनुभयो । सोही सहमतिअनुसार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा जेठ २४ गते चौथोपटक प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । 

यसै वर्षको प्रारम्भमा वैशाख ४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक भारतको भ्रमण गर्नुभएको थियो ।

 जुन उहाँको राष्ट्रपतिका रुपमा पहिलो विदेश भ्रमण थियो । 

विसं २०७४ मा नेपालको इतिहासमै पहिलोपटक प्रधानन्यायाधीशविरुद्ध व्यवस्थापिका–संसद्मा महाभियोग दर्ता भयो । यद्यपि, काँग्रेस र माओवादी केन्द्र नेतृत्वको तत्कालीन सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता गरेको महाभियोगको प्रस्ताव टुंगोमा पुग्न भने सकेन । 

नेपाली जनताले दशैँ पर्व मनाइरहेका बेला मुलुकका दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रबीच अप्रत्यासित रुपमा चुनावी तालमेल गर्ने र पार्टी एकीकरण गर्नेसम्मको घोषणा पनि यही वर्ष भयो । जुन प्रक्रिया २०७५ वैशाख ९ गते टुंगोमा पुग्ने अनुमान गरिएको छ । 

नेपालको संविधानअनुसार मुलुकमा पहिलोपटक प्रदेशसभाको निर्वाचन पनि यही वर्ष भयो । गत मंसिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा एमाले र माओवादी केन्द्र गठबन्धनले अत्यधिक बहुमत प्राप्त ग¥यो भने काँग्रेसले अप्रत्यासित हार व्यहो¥यो । 

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले २७५ सदस्यीय प्रतिनिधिसभा र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यका लागि निर्वाचन गरेको थियो । यो निर्वाचनसँगै संघीयताको कार्यान्वयन शुरु भयो । तत्कालीन सरकारले माघ ३ गते संविधानअनुसार सातै प्रदेशमा प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्र तोक्यो । 

प्रदेशसभाको निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् गठन भइसकेका छन् । 

संविधानअनुसार माघ २४ गते राष्ट्रियसभाको निर्वाचन पनि यही वर्ष भयो । संविधानमा दुई सदनात्मक संघीय संसद्को व्यवस्था छ । जसअनुसार प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ । 

संविधान कार्यान्वयन गर्ने क्रममा यसवर्ष एकपछि अर्को निर्वाचनले निरन्तरता पाइनैरहे । प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त नयाँ जनमतअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली गत फागुन ३ गते वाम गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । उहाँको यो दोस्रो प्रधानमन्त्री कार्यकाल हो । सोही दिन तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै पदबाट राजीनामा दिनुभएको थियो । 

संघीय संसद्को निर्वाचनपछि दुवै सदनका सदस्यको फागुन २० गते शपथ र २१ गते पहिलो बैठक बसेको थियो । संविधान कार्यान्वयनकै सिलसिलामा यसैवर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । निर्वाचनमा राष्ट्रपति भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पुनः निर्वाचित हुनुभयो । 

संविधान कार्यान्वयनको चरणअन्तर्गत यसैवर्ष सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भयो । यसैवर्ष जन्म मीति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिनुभएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुभयो । 

विसं २०७४ को अन्त्यमा प्रधानमन्त्री ओलीले चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नुभयो । भारतले नेपालमा लगाएको आर्थिक नाकाबन्दीपछि चिसिएको सम्बन्धमा उहाँको यो भ्रमणले न्यानोपन ल्याएको बताइएको छ । 

राजनीतिक घटनाबाहेक यसवर्ष मानवीय क्षतिका दुर्घटना पनि उल्लेखनीय भयो । वर्षायाममा मुलुकभर बाढी पहिरोले ठूलो जनधनको क्षति ग¥यो भने सवारी दुर्घटनाले पनि धेरैको ज्यान लियो । यसै वर्षको अन्त्यमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै युएस बंगला विमान दुर्घटना हुँदा ५१ जना (स्वदेशी र विदेशी)को ज्यान गयो । 

खेलकूदका दृष्टिमा यो वर्ष मुलुकका लागि उपलब्धिमूलक रह्यो । जिम्बाबेमा भएको आइसिसी एकदिवसीय लिगमा नेपाली क्रिकेट टोलीले एक दिवसीय विश्व मान्यता पायो । जुन नेपालको क्रिकेट खेलका लागि महत्वपूर्ण उपलब्धि हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई