2026-09-19 12:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

गोकुलगंगा गाउँपालिकालाई स्थानीयले निशुल्क दिए ३० रोपनी जग्गा

वैशाख ६, रामेछाप ।

रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका अन्तर्गत निर्माण हुने कार्यालय भवन निर्माण गर्नको लागि स्थानीयले लाखौ पर्ने जग्गा निशुल्क रुपमा उपलब्ध गराएका छन् । गाउँपालिकाको कार्यालयदेखि विभिन्न सरकारी कार्यालय स्थापना गर्नको लागि गाउँपालिकाको केन्द्र रस्नालुको भिमसेनथाका स्थानीयले ३० रोपनी जग्गा निशुल्क रुपमा उपलब्ध गराएका हुन् । गाउँपालिकाको केन्द्र रहेको भिमसेनथानमा नै स्थानीयले निशुल्क रुपमा जग्गा उपलब्ध गराएपछि गाउँपालिकाको लाखौ रुपैयाँ बजेट जोगिएको छ ।

जग्गा खरिद गर्नको लागि खर्च हुने बजेटले गाउँपालिकाको भवन निर्माण हुने भएको छ । गाउँपालिकाको सक्रियता र स्थानीयको सहयोगी भावनाको कारण लाखौ पर्ने जग्गा निशुल्क रुपमा गाउँपालिकाको नाममा आउने क्रम सुरु भएको छ ।

गोकुलगंगा गाउँपालिका–३ रस्नालुका वडा अध्यक्ष नरविक्रम कार्कीले नौ रोपनी जग्गा गाउँपालिकाको नाममा आइसकेको र बाँकी जग्गा कित्ताकाट मार्फत आउने क्रममा रहेको बताए । उनले भने,‘गाउँपालिकालाई आर्थिक भार कम होस भनेर स्थानीयले निशुल्क जग्गा उपलब्ध गराउनुभएको छ, उहाँहरुप्रति गाउँपालिका निकै खुसी छ ।’

गाउँपालिकाको केन्द्र स्थापना हुने क्षेत्रमा भवन लगायतका भौतिक संरचना निर्माण गर्नको लागि कम्तिमा पनि ३० रोपनी जग्गा आवश्यक पर्छ । स्थानीयले स्थापना भइसकेको गाउँपालिकाको केन्द्र अन्यत्र नजाओस भनेर पनि निशुल्क जग्गा दिन तयार भएका हुन् ।

एक बर्षभित्र गाउँपालिकाको नयाँ भवनः प्रवक्ता खड्का

गोकुलगंगा गाउँपालिकाका प्रवक्ता समेत रहेका गाउँपालिका–५ नामाडीको वडा अध्यक्ष बलराम खड्काले गाउँपालिका अन्तर्गत जग्गा आउने क्रम सुरु भएकाले एक बर्षभित्र भवन निर्माणको प्रक्रिया अगाडि बढाउने बताए ।

उनले अहिले गाउँपालिकाको कार्यालय भाडामा भएकाले यसै आर्थिक बर्षभित्र नै प्रि–फ्याक भवन निर्माण गर्ने योजना अगाडि सारिएको बताए । गाउँपालिकाले दुई करोड लगानीमा दुई महिनाभित्र नै तयार हुने वीस कोठे भवन निर्माण गर्न लागेको हो । गाउँपालिकाले एकीकृत रुपमा कार्यालय स्थापना गरेर जनतालाई सुविधा दिने उदेश्य लिएको छ । आगामी असारसम्म भवन निर्माण गरिसक्ने लक्ष्य अनुसार काम अगाडि बढिरहेको प्रवक्ता खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई