2026-06-25 03:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुद्धबारे जान्नैपर्ने यी ८ स्थान: जन्मस्थान लुम्बिनीदेखि बौद्ध धर्मको राजधानी अफगानिस्तानसम्म

भगवान गौतम बुद्ध आफ्नो जीवन कालमा जहाँ-जहाँ गए, उक्त स्थान बौद्ध तीर्थ बनेको छ । आज बुद्ध जयन्तीको मौका मा बुद्धको जन्मस्थलदेखि बुद्धको तीर्थ को रुपमा कहलाईएका स्थानबारे जानकारी दिनेछौं -

१. लुम्बिनी

नेपालको मध्येभाग, जो अहिले नेपालको ५ नम्बर प्रदेश अन्तर्गत पर्छ । त्यतिबेला सिद्धार्थ गौतम जन्मिएको गाउँलाई रुम्मिनदेई अथवा रुमिनोदेई लुम्बनीग्राम भनिन्थ्यो, अहिलेको लुम्बनीनै गौतम बुद्धको जन्मस्थान भएको कुरामा विश्व जान्दछ ।


२. बोधगया

यो स्थान भारतको बिहारको प्रमुख हिन्दू पितृ तीर्थ 'गया' मा अवस्थित छ । गया एक जिल्ला हो । यसै स्थानमा बुद्धले एक वृक्षको मुनि ज्ञान प्राप्त गरेका थिए ।

३. सारनाथ

यो स्थान भारतकै उत्तरप्रदेशको वाराणसी सँगै छ, जहाँ बुद्धले ज्ञान प्राप्त गरेपछि आफ्नो पहिलो उपदेश दिएका थिए । यहींबाट उनले धम्मचक्र प्रवर्तन सुरु गरेका थिए ।

४. कुशीनगर

भारतकै उत्तरप्रदेशको देवरिया जिल्लामा रहेको यो स्थानमा महात्मा बुद्धले महापरिनिर्वाण (मोक्ष) प्राप्त गरेका थिए । गोरखपुर जिल्लाको कसिया नामक स्थाननै प्राचीन कुशीनगर हो । यहाँ बुद्धको आठ स्तूपामध्ये एक स्तूपा बनेकोछ, जहाँ बुद्धको अस्थि राखिएको थियो ।


५. सांची स्तूप

भारतको मध्येप्रदेशको भोपालदेखि २८ मेल टाढा सांची स्टेशन छ । यहाँ कयौं बौद्ध स्तूपाहरु छन् जसमध्ये एकको ऊंचाई ४२ फिट रहेको छ । सांचीदेखि ५ मेल सोनारीको नजिक ८ बौद्ध स्तूपा छ र  सांचीदेखि ७ माइल पर भोजपुर नजिक ३७ बौद्ध स्तूपा छ ।

६. चम्पानेर (पावागढ)

भारतकै गुजरातको बड़ौदादेखि २३ मेल अगाडी चम्पानेर स्टेशन छ । यहाँदेखि १२ माइल टाढा पावागढ स्टेशन छ । पावागढमा प्रसिद्ध बौद्ध स्तूपा छ, जहाँ भगवान गौतम बुद्धको अस्थि राखिएको छ । यो आठ प्रमुख बौद्ध स्तूपा मध्ये एक हो ।

७. पेशावर

यो स्थान पाकिस्तानमा छ, जसलाई बौद्ध कालमा पुरुषपुर भनिन्थ्यो । यहाँ सबैभन्दा बढी र उच्च स्तूपाको तलबाट भगवान गौतम बुद्धको अस्थि निकालेएको थियो ।

८. बामियान

अफगानिस्तानको बामियान क्षेत्र बौद्ध धर्म प्रचारको प्रमुख केन्द्र थियो । यसलाई बौद्ध धर्मको राजधानी मानिन्थ्यो । यहाँ भगवान बुद्धको ठूलो-ठूलो मूर्तिहरु आज पनि छन् । तालिबानीहरुले त्यहाँका बौद्ध मुर्तिहरुलाई तोप हानेर खन्डित गरिदिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा