2026-06-25 10:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरदेशीय प्रसारण लाइन र पञ्चेश्वर अगाडि बढाइने

रमेश लम्साल | वैशाख २८, काठमाडौँ | नेपाल र भारतले संयुक्त रुपमा केही महत्वपूर्ण जलविद्युत् आयोजना र प्रसारण लाइन निर्माणलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको दुईदिने राजकीय भ्रमणमा आउनुभएका भारतका प्रधानमन्त्रीले पञ्चेश्वरलगायत महत्वपूर्ण बहुउद्देश्यीय आयोजना शीघ्र अगाडि बढाउने प्रतिबद्धता जनाउनुभएको हो । यहाँ साँझ आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले पञ्चेश्वर आयोजनालाई शीघ्र अगाडि बढाइने विषयमा महत्वपूर्ण छलफल भएको जानकारी दिनुभयो । 

केही दिन पहिले सम्पन्न नेपाल र भारतका ऊर्जा सचिवस्तरीय बैठकले सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदनको काम आगामी छ महिनाभित्र सम्पन्न गर्ने सहमति गरेको छ । सो सहमतिअनुसार डिपिआरलाई अन्तिम रुप दिने र आयोजना शुरु गर्ने विषयमा छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो आयोजनाको डिपिआर तयार गर्ने कार्य जारी छ । आगामी केही महिनाभित्रै डिपिआर सम्पन्न गरेर आयोजनाको निर्माण गरिने प्रतिबद्धता दुवै प्रधानमन्त्रीले जनाउनुभयो । 


यस्तै बुटवल– गोरखपुर ४०० केभी प्रसारण लाइनको निर्माणलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढाउने विषयमा समेत दुई प्रधानमन्त्रीबीच महत्वपूर्ण छलफल भएको संयुक्त पत्रकार सम्मेलनमा जानकारी दिइयो । सो प्रसारण लाइन नेपाल र भारतबीच निर्माण हुन लागेको दोस्रो अन्तरदेशीय प्रसारण लाइन हो । नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयन्त्रको अघिल्लो महिनाबीच सम्पन्न बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको वित्तीय स्रोत व्यवस्थापन र प्रारूपबारे सहमति जुटाएको थियो । 

नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले त्यसबारे थप अध्ययन गरी तीन महिनामा विस्तृत प्रतिवेदन बुझाउने सहमति सो बैठकमा भएको थियो । यस्तै विद्युत् खरीद बिक्रीलाई सहज बनाउने र इनर्जी बैंकिङ अवधारणामा समेत सोही विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीको गत चैत २३ देखि २५ गतेसम्म भएको भारत भ्रमणमा समेत सो विषयमा छलफल भएको थियो । एक सय ३० किलोमिटर लामो बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न भएपछि कालीगण्डकी करिडोर र बूढीगण्डकीलगायत आयोजनाबाट उत्पादित विद्युत् भारत निर्यातका लागि समेत मार्गप्रशस्त हुनेछ । यसअघि निर्माण भएको ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनबाट नेपालले हाल १४० मेगावाट विद्युत् आयात गरिरहेको छ । 

यस्तै इनर्जी बैंकिङलाई विशेष प्राथमिकताका साथ अगाडि बढाउने विषयमा समेत महत्वपूर्ण छलफल भएको र त्यसमा भारतका प्रधानमन्त्रीले सहमति जनाउनुभएको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो । माथिल्लो तामाकोशीलगायत आयोजना निर्माण भएपछि वर्षाको समयमा खेर जाने विद्युत् भारत पठाउने र नेपाललाई आवश्यक परेको समयमा आयात गर्ने इनर्जी बैंकिङ प्रभावकारी अवधारणा हो । 

नेपालमा वर्षाको समयमा बढी विद्युत् उत्पादन हुने र भारतमा सोही समयमा नै बढी विद्युत् माग हुने भएकाले इनर्जी बैंकिङ नेपालका लागि महत्वपूर्ण रहने प्राधिकरणको भनाइ छ । इनर्जी बैंकिङ एउटा व्यावसायिक अवधारणा भएकाले त्यसले ऊर्जाको माग बढी हुने समयमा नेपालको हितमा प्रयोग गर्न सकिने विश्वास लिइएको छ । प्रधानमन्त्री ओलीले नेपालको ऊर्जा क्षेत्रको विकासमा महत्वपूर्ण छलफल भएको र त्यसबाट नेपालले फाइदा लिने विश्वास व्यक्त गर्नुभयो । 

भारतीय प्रधानमन्त्री मोदीले भारतको जलसाधन तथा ऊर्जा मन्त्रालयले आज नयाँ अध्याय थपेको उल्लेख गर्नुभयो । उहाँले ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्नुभयो । भारतीय कम्पनी सतजल विद्युत् निगमले निर्माण गर्ने सो आयोजना सम्झौता भएको पाँच वर्षपछि शिलान्यास भएको हो । नेपालले अगाडि बढाउने ठूला परियोजनामा साथ दिने उहाँको प्रतिबद्धता थियो । त्यस्ता आयोजनाबाट नेपालमा रोजगारीको अवसर वृद्धि हुने र आर्थिक तथा व्यावसायिक अवसरमा समेत वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ