प्रज्वल पौडेल । जेठ ४, रामेछाप ।

रामेछापको लिखु तामाकोशी गाउँपालिकाका प्रमुख गोविन्दबहादुर खड्काले प्रधानाध्यापकले विद्यार्थीलाई पिसाब खुवाउनु जघन्य अपराध भएको बताउनुभएको छ । लिखु तामाकोशी गाउँपालिका नागदह धोबीस्थित झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले आफ्नै विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएर यातना दिएको खुलेपछि खड्काले यस्तो बताउनुभएको हो ।

प्रधानाध्यापक तिमिल्सिनाले विद्यालय प्रशासनमा उजुरी आएपछि विद्यार्थीलाइ सामान्य कारबाहि मात्र गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो – 'मैले जेष्ठ १ गते कक्षा ७ मा अध्ययनरत तीनजना विद्यार्थी मिलेर आफ्नै साथीलाई मिनरल वाटरको बोतलमा थुक र पिसाब मिसाएर खुवाएको विद्यालय प्रशासनमा जानकारी आएपछि पानी वा पिसाब केहो छुट्याउन त्यहि बोतलमा भएको पानी पिउन दिएको हुँ ।' बोतलको पानीमा थुक्ने र पिसाब फेर्ने व्यक्तिले खाएपनि सँगै हिडेका अर्को एक विद्यार्थीले पिउन नमानेपछि कारबाही गर्छु अब,पिसाब फेरेर खुवाएको हो कि होइन सत्य भनिस् भनेँ केही गर्दिन भनेपछि मात्र पिसाब मिसाएको कुरा दुइ विद्यार्थीले स्वीकारे, त्यसपछि उनीहरुलाइ सामान्य कुटपिट सजाय दिएको हो – उहाँले भन्नुभयो ।

यस्तै प्रधानाध्यापक तिमिल्सिनाले कक्षा ९ मा अध्ययनरत एक छात्रालाई जेष्ठ २ गते आफ्नै कक्षाको साथीसँग झगडा गरेपछि कुटेको स्वीकार गर्नुभएको छ। साझा सबाल डटकमसँग कुराकानी गर्दै उहाँले भन्नुभयो- 'कक्षाको मोनिटरले भनेको नमानेको र झगडा गरेको भन्ने जानकारी गराएपछि सोधपुछ गर्दा उल्टै मोनिटरमाथी किन उजुरी गरिस् भन्दै झम्टिएपछि आफूले छात्रालाइ सजाए दिएको हुँ ।' विद्यार्थीले निर्मम पूर्वक जताभावी कुटेको आरोप लगाएपनि गालामा र ढाँडमा आफूले सबैको अगाडी हिर्काएको स्वीकार गर्नुभयो ।

विद्यार्थीलाइ पाइपले पिटेको र पिसाब खाएपछि बमिट गरेको उजुरी आएपछि हेर्दा प्रधानाध्यापक बस्ने डेक्समुनी पाइपसमेत भेटिएको गाउँपालिका प्रमुख खड्काले जानकारी दिए । प्रधानाध्यापक जस्तो जिम्बेबार व्यक्तिले गल्ती गर्ने विद्यार्थीलाइ कारबाहि गर्ने प्रक्रिया अन्य हुँदा हुदै यस्तो अपराधिक सजाय दिन नहुने उहाँको भनाइ छ ।

प्रधानाध्यापकलाइ पदबाट बर्खास्त

यसैबीच प्रधानाध्यापकको गतिविधीप्रति आक्रोशित हुदै अभिभावक र विद्यार्थीको मास जम्मा भइ बिहीबार कार्यालयमा आएर उजुरी गरेपछि विव्यस अध्यक्ष समेत रहेका खड्काले शुक्रबार बिहान आकस्मिक छलफलका लागी प्रधानाध्यापक र पिडित विद्यार्थीलाइ बोलाइएको बताउनुभयो । आवश्यक सोधपुछ र छलफलका लागी बोलाइएको बैठकमा प्रधानाध्यापक उपस्थित नभएपछि विव्यसको बैठकले सहायक प्रधानाध्यापकलाइ निमित्त प्रधानाध्यापकको जिम्मेवारी तोकेर तिमल्सिनालाइ प्रधानाध्यापकको पदबाट हटाइएको गाउँपालिका अध्यक्ष खड्काले साझासबाललाइ जानकारी दिनुभयो ।

खड्काले साना-साना विद्यार्थीले गल्ती गरेको भएपनि शिक्षक आफैले विद्यार्थीले पिसाब हालेको भन्दा-भन्दै खुवाउनु गलत भएको धारणा राख्नुभयो । शिक्षकले विद्यार्थीमाथी गरेको उक्त कार्य जघन्य अपराध भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएर आबश्यक कारबाहिको लागि सिफारिस गरिने उहाँले जानकारी दिनुभयो ।

खड्काले भन्नुभयो -'कसैले बिष खुवायो भन्दैमा अर्को व्यक्तिलाइ बिष खा भन्न मिल्दैन गल्ती गर्नेलाइ कानुन बमोजिम कारबाहि हुन्छ । यस्तो घटना भएपछि अभिभावक विद्यालय व्यवस्थापन समितिलाइ बोलाएर छलफल गरि अगाडी बढ्न सकिन्थ्यो ।' खड्काले गाउँपालिका र प्रहरी प्रशासनमा प्रधानाध्यापकको विरुद्ध उजुरी समेत परेकाले कानुन बमोजिम छुट्टै कारवाहिको प्रक्रिया अगाडि बढ्ने जानकारी दिनुभयो ।

May 18, 2018
बिशेष खबर, रामेछाप - RMC
‘विद्यार्थीलाई पिसाब खुवाउने झट्टेश्वर माविका प्रअलाइ पदबाट हटाइयो’
By साझासवाल
8 मिनेट पढाइ