2026-06-25 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०१८: उपाधि बिजेताहरुले कति-कति पाउँछन् नगद पुरस्कार ?

जेठ २७, मस्को | विश्वकप २०१८ केहि दिनमा सुरु हुँदैछ । आम नेपाली फुटबल प्रेमीहरुमा पनि विश्वकपलाई लिएर बिभिन्न जिज्ञाशाहरु छन् । 

यसै सन्दर्भमा विश्वकप २०१८ मा उपाधि चुम्नेदेखि चौथो स्थानसम्मका विजेताहरुले कति-कति नगद पुरस्कार पाउलान् भन्ने जान्न धेरैले चाहन्छन । विश्वकपको हरेक संस्करणमा पुरस्कार रकम परिवर्तन हुन्छ । त्यस्तै विश्वकपको २१ औं संस्करणसम्म आइपुग्दा पुरस्कार राशि बढ्दै गएको छ । यसपटकको विश्वकप पुरस्कार राशि ४० करोड अमेरिकी डलर राखिएको छ ।

कुल पुरस्कार राशी मध्ये विश्वकप विजेताले तीन करोड ८० लाख डलर अर्थात् चार अर्बभन्दा बढी नेपाली रुपैयाँ पुरस्कार पाउनेछ । त्यस्तै उपविजेताले दुई करोड ८० लाख अमेरिकी डलर अर्थात नेपाली ३ अर्वभन्दा बढी पुरस्कार हात पार्नेछ । यसैगरी तेस्रो हुने टोलीले दुई करोड ४० लाख अर्थात नेपाली साढे २ अर्वभन्दा बढी र चौथो हुनेले दुई करोड २० लाख अमेरिकी डलर अर्थात नेपाली २ अर्व ३७ करोड भन्दा बढी पाउनेछन् । 

त्यस्तै कुल ३२ राष्ट्र मध्ये क्वार्टरफाइनल अर्थात् अन्तिम आठमा पराजित हुने चार टोलीहरु प्रत्यकले एक करोड ६० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार डेढ अर्ब भन्दा बढी पाउँछन् । त्यस्तै अन्तिम १६ मा पराजित हुने बाँकी आठ टोली प्रत्येकले एक करोड २० लाख अर्थात नेपाली मूल्य अनुसार १ अर्ब २९ करोड र समूहगत चरणमै रोकिने प्रत्येक टोलीले ८०/८० लाख अमेरिकी डलर अर्थात नेपाली मूल्य अनुसार ८६ करोड भन्दा बढी प्राप्त गर्नेछन् । 

सबै टोलीले पाउने यो रकममा विश्वकपमा छनोट भएपछि पाउने तयारी रकमसमेत जोडिएको छ । विश्वकप फुटबलको नियमनकारी निकाय (फिफा) ले प्रतियोगिता तयारीको रकमसमेत विश्वकप सम्पन्न भएपछि पुरस्कार राशिसँगै प्रदान गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ