2026-06-25 10:25 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीका महिलाले आइतबारदेखि सवारी चलाउन पाउने

असार ८, रियाद | साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन् । उनीहरुलाई आइतबारबाट सवारी चलाउन पाउने अनुमति दिइएको रियादबाट प्राप्त समाचारमा जनाइएको छ । 

लामो प्रतीक्षापछि साउदी अरेबियाका राजा सलमानले पहिलो पटक महिलालाई गाडी चलाउन दिने एउटा आदेश जारी गर्नुभएको हो । 

महिलाले पनि सवारी साधन आफै हाँक्न पाउने नियम सन् २०१८ को जुन महिनादेखि लागू हुनेगरी राजाको आदेश आएको त्यहाँको सरकारी समाचार संस्थाले यसअघि नै जनाएको थियो । 

साउदी प्रेस एजेन्सीका अनुसार मन्त्रालयहरुले त्यससम्बन्धी कार्यको प्रतिवेदन तयार पारेर राजालाई दिएका र अब यही आइतबारबाट नै उनीहरुले यस्तो अधिकार पाएका जनाएको छ । 

महिलालाई पनि गाडी चलाउने अनुमति दिनुपर्ने माग गर्दै महिला तथा अधिकारवादी संस्थाहरुले लामो समयदेखि अभियान चलाउँदै आएका थिए । 

विश्वमा साउदी अरेबिया मात्र एक मुलुक हो जहाँ महिलाले गाडी चलाउने अनुमति पाएका थिएनन् । अब उनीहरुले यो अधिकार प्राप्त गरेका साउदी सरकारले जनाएको छ । 

साउदीको विद्यमान कानून अनुसार त्यहाँ पुरुषले मात्र सवारी चालक अनुमतिपत्र पाउने गरेका थिए । सो कानूनमा संशोधन गरी राजाले नै आदेश दिएपछि महिलाले यो अधिकार प्राप्त गरेका हुन् । 

यसअघि पनि लुकिछिपी महिलाले गाडी चलाउने गरेको भए पनि सरकारी नीतिको अवज्ञा गरेको आरोपमा महिलाहरुमाथि कडा जरिवाना गरिन्थ्यो । कतिपयले जेल सजायँ नै भोग्नुपरेको पनि बताइएको थियो । 

केही महिनाअघि सरकारले यो नीति बनाएर जुनदेखि सवारी आफै हाँक्न दिने बताएको थियो । त्यो नीतिको घोषणा भएपछि यहाँ महिलाका लागि सवारी चालकसम्बन्धी तालिम र सवारी चालक अनुमति पत्र दिने प्रक्रियाको सुरुवात भएको थियो । 

कैयौँ महिलाले सवारी चालनसम्बन्धी तालिम लिएका र सवारी चालक अनुमतिपत्र लिएका समाचारमा जनाइएको छ । अधिकारीहरुले आइतबार महिलाले सवारी चलाउने कार्यको सुरुआत एक विशेष कार्यक्रममार्फत गरिने जनाएका छन् । 

संयुक्त राज्य अमेरिकालगायत विश्वका देशहरुले महिलालाई पनि गाडी चलाउन दिने साउदी राजाको आदेशको स्वागत गरेका छन् । उनीहरुले साउदी सरकारको यस कदमलाई मानवअधिकारको पक्षमा एउटा महत्ववपूर्ण कदम भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ