Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कामदारसंग चर्को शुल्क अशुल्ने उपहार ह्युमन रिसोर्सका २ संचालक पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असार १०, काठमाडौं। बैदेशिक रोजगारीको लागि दुवई पठाउन कामदारसँग चर्को शुल्क अशुल गर्ने म्यानपावर संचालक पक्राऊ परेका छन् । बसुन्धरास्थित उपहार ह्युमन रिसोर्स प्रालिका सञ्चालकहरु चुडाबहादुर कार्की र खगराज दाहाललाई महानगरीय अपराध महाशाखाले शुक्रबार पक्राउ गरेको हो ।

कामदारलाई १० हजार रुपैयाँको रसिद  दिएर प्रति कामदार ४ लाख ५० हजार रुपैयाँसम्म लिने गरेको सुराकीका आधारमा  उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुको कम्पनीबाट प्रहरीले २ सय ९८ वटा पासपोर्ट, १० लाख २३ हजार रुपैयाँ नगद, इन्ट्री रजिष्टार, डायरी लगायत कागजपत्र समेत बरामद गरी थप अनुसन्धान र कारबाहीका लागि बैदेशिक रोजगार विभागमा पठाएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामदारलाई ठगी गर्ने म्यानपावर कम्पनीविरुद्ध कारबाहीको अभियान नै संचालन गर्दै आएको  छ। सरकारले तीन वर्ष अगाडी मलेसिया सहित खाडीका ७ देशमा निशुल्क भिषा र निशुल्क टिकटको व्यवस्था लागू गरेको थियो तर उक्त्त व्यवस्था म्यानपावर कम्पनीले पालना गर्न छोडेपछि श्रम मन्त्री गोकर्ण विष्ट आएसंगै कामदारसंग चर्को शुल्क अशुल गर्ने म्यानपावर कम्पनी विरुद्ध अप्रेसन शुरु भएको हो ।

म्यानपावर कम्पनीको अनुगमन गर्ने निकाय बैदेशिक रोजगार विभागको कार्य फितलो भएपछि श्रममन्त्री  विष्ट गृह मन्त्रालयको सहयोगमा ठगी गर्नेहरुलाई कारवाहीको दायरामा ल्याई छाड्ने बताउंदै आएका छन् सोहि अनुरुप पछिल्ला दिनमा म्यानपावर कम्पनीहरु विरुद्ध परेका उजुरीका आधारमा ठगि गर्ने कम्पनीको शुक्ष्म अनुगमन पनि हुँदै आएको छ ।