2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीलाई

साउन १, काठमाडौं | ‘मिस टिन युनिभर्सल २०१८’को शिर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शिर्ष बिजेता बन्न सफल भएकी हुन् । उनले बिभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरिन् । 

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अप्सना दाहाल फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड रनरअप घोषित भए । दाहालले बेष्ट डान्स र मस्ट फ्रेण्डी उपाधि हातपर्दा लामा मिस ट्यालेन्ट र बेष्ट स्पिच बिजेता बनिन् । 

कार्यक्रममा मोनालिसा थापा मगरले मष्ट पपुलर, मष्ट फिटनेश र फेसबुक च्वाइस गरेर तीन उपाधि हात पारिन् ।

ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट प्रालीका लागि आशिष मिश्र आयोजक रहेको प्रतियोगितामा करिब आधा दर्जन उपबिजेता छानिएका थिए । जसमा नमुना दाहाल सोसियल रेस्पोनसिवल, प्रन्जल अर्याल भियुर च्वाइस र बेष्ट पर्सनालिटी, बर्षा श्रेष्ट बेष्ट स्माइल र बेष्ट हेयर, निलिमा पोखरेल बेष्ट स्क्रिन, अनिसा मोक्तान बेष्ट डिसिप्लेन, एमा लिम्बु फेसन आइकन चुनिएका थिए ।

अश्विनी कान्त झा कोरियोग्राफर र आकाश गिरी कार्यक्रम संयोजक रहेको प्रतियोगितामा गायक सिताराम पोखरेल, डा. राज्यश्री श्रेष्ठ, मिसेस नेपाल ग्ल्याम बिजेता अलाइजा महर्जन, अभिनेत्री रेजिना उप्रेती, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसी लगायत निर्णायक रहेका थिए । 

युवतीहरुको प्रतिधा निखार्दै उनीहरुको उज्वल भबिश्य निर्माण गर्न मार्ग निर्देशन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई