2026-06-24 11:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

शुक्रबार २१ औं सताव्दीकै सबैभन्दा लामो चन्द्रग्रहण लाग्दै, नेपाललाई मध्ये भागमै पार्ने

एजेन्सीको सहयोगमा | २१ औं सताव्दीकै सबैभन्दा लामो पूर्ण चन्द्रग्रहण २७ जुलाईमा लाग्दैछ जो साधारणतया लाग्ने चन्द्रग्रहणभन्दा करीब ४० मिनट लामो समयावधिको हुन्छ । जुन पृथ्वीबाट पनि देखिनेछ । यो चन्द्रग्रहण एशिया सहित अन्टाकर्टिका, अस्ट्रेलिया, अफ्रीका, यूरोप र दक्षिण अमेरिकाको मध्य र पूर्वी भागबाट पनि देखिनेछ । त्यस्तै रूसको केहि क्षेत्रमा यो ग्रहण देखिनेछ । यो ग्रहण पूर्वी अफ्रिका र मध्ये एसियाबाट पूर्ण रुपमा देख्न सकिन्छ । चन्द्रग्रहणको दिन चन्द्रमा निकै चम्किलो र ठूलो देखिने हुँदा यसलाई सुपर ब्लड ब्लू मून भनिन्छ ।

२०७५ साउन ११ गते पूर्णिमाको दिन शुक्रवार यो ग्रहण लाग्नेछ । हिन्दू धर्मको मान्यता अनुसार चन्द्रग्रहणको प्रभाव शुभ मानिन्न । कतिपय नक्षत्र र राशि भएका मानिसहरुलाई ग्रहणको दर्शन गर्न समेत वर्जित गरिन्छ । उनीहरुले आफ्नो इष्ट देवको पुजा-आराधना, गुरु मन्त्र जप वा धार्मिक ग्रंथको पठन र मनन गरेर मात्र चन्द ग्रहण हेर्नु पर्ने मान्यता छ । सामान्य दिनको चंद्रग्रहणमा गरिएको पुण्यकर्मले एक लाख गुना र सूर्यग्रहण भएको बेला गरिएको पुण्य कर्म दस लाख गुणा फलदायी हुने गर्छ । यदि गंगाजल आफूसंगै छ भने त झन चंद्रग्रहण एक करोड गुना र सूर्यग्रहण दस करोड गुना फलदायी हुने मान्यता छ । यसैले सबैले चन्द्र ग्रहण वा सूर्यग्रहणको दिन दान-पुण्य गर्नुपर्छ जसमा साधु-सन्तको साथै गरीबलाई भोजन वा लत्ता कपडा दान गर्नुपर्छ तथा गाईलाई हरियो आहार खुवाउनु पर्छ । जसको कारण ग्रहणको दिन विशेष लाभ प्राप्त गर्न सकिन्छ र भगवानको कृपा बनिराख्नमा मद्धत मिल्छ ।

यस चंद्रग्रहणको यम नियम सूतक लगभग १०३ मिनटसम्म हुनेछ । चंद्रग्रहणको सूतक दिनको करिव २:४० बजेबाट सुरु भएर ग्रहणको स्पर्श रातको ११:४० सम्म र शुद्धिकाल रातको ३:२६ बजेसम्म हुनेछ । 

यस दिन गोचरमा मकर राशिको केतु र चंद्रमाको प्रधानता हुनेछ । राहुबाट समसप्तक दृष्टि संबन्ध रहनेछ । जस्लाई अशुभताको प्रतीक मानिन्छ । यसै कारण धेरै प्राकृतिक प्रकोप तथा आपत्तिको सामना गर्नुपर्ने हुन्छ । पृथ्वीमा सिधा छायाँ पारेर चन्द्र ग्रहण हुनेहुँदा यो ग्रहणले निकै लामो समय लिनेछ । यस अवधिमा सूर्यको दूरी टाढा हुनेहुँदा पृथ्वीमा छायाँको विस्तार ठूलो हुनेछ । १५ जुन २०११ पछी यो पहिलो केन्द्रीय चंद्रग्रहण हुनेछ । २०१८ को पहिलो चन्द्रग्रहण जनावरीमा भएको थियो । नेपाली मिति अनुसार यो चन्द्र ग्रहण २०७५ कै पहिलो हो । 

कुन-कुन राशिमा पर्छ, चन्द्रग्रहणको विशेष प्रभाव ? 

चन्द्रग्रहणको कारण केहि राशिका मानिसहरुमा विशेष प्रभाव हुन्छ, जसमा मेष, सिंह, वृश्चिक र मीन राशिका भएकाहरुलाई चन्द्रग्रहण दर्शन लाभ, शुभ र सुखद फलदायक हुनेछ । त्यस्तै मिथुन, तुला, मकर, कुंभ राशिका व्यक्तिहरुलाई भने यो चन्द्रग्रहणको दर्शन अशुभ हुनेछ । उनीहरुले चन्द्रग्रहणको दर्शन नगर्दा नै राम्रो हुनेछ । त्यस्तै वृष, कर्कट, कन्या र धनु राशिका व्यक्तिहरुको लागि उक्त चन्द्र ग्रहण सामान्य फलदायक हुनेछ ।

तलको तश्विर अनुसार: नेपाललाई मध्ये भागमै पारेर ग्रहण लाग्ने देखाईएको छ । ग्रहणले मध्य एसिया र पूर्वी अफ्रिकालाई केन्द्र बनाउनेछ ।

माथिको पछिल्लो तश्विर: www.timeanddate.com बाट लिईएको हो । यस सम्बन्धि समाचारलाई sajhasabal.com ले बिभिन्न स्रोतबाट अनुवाद गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक