2026-06-25 10:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२१ औं शताव्दीकै लामो चन्द्र ग्रहण आज, कुन राशिका व्यक्तिलाई कस्तो फल दिन्छ ?

2018-07-27

साउन ११, काठमाडौं । २१ औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट अवलोकन गर्न सकिनेछ ।

पूर्ण चन्द्र ग्रहणको सुरुआत नेपाली समय अनुसार राति २ बजेर ९ मिनेटमा सुरु हुने छ । चन्द्र ग्रहणको अन्त्य शनिबार बिहान ४ बजेर ४ मिनेटमा हुनेछ ।

चन्द्र ग्रहणको बेला चन्द्रमा रातो रंगको देखिने छ, जसलाई ‘ब्लड मुन’ पनि भनिन्छ ।

नेपालमा चन्द्र ग्रहणलाई लिएर केही धार्मिक मान्यता पनि प्रचलित छन् जसलाई अशुभ पनि भनिन्छ । ग्रहणको बेला खान, पिउन, सुत्न, घरबाट बाहिर निस्किन नहुने भन्ने जस्ता मान्यताहरु छन् । गर्भवती महिलाहरुलाई पनि सजग रहन भन्ने गरिन्छ ।

तर, यसबारे विज्ञानको भने अलग धारणा छ । पृथ्वीले सूर्यको परिक्रमा गर्ने बेला चन्द्रमा र सूर्यको बीचमा आउँछ । यसलाई चन्द्र ग्रहण भनिन्छ ।

यसपटक चन्द्र ग्रहणको बेला चन्द्रमा पृथ्वीको केन्द्र भागबाट उत्तरतिर हुँदै जानेछ । यो स्थिति एक घण्टा दुई मिनेटसम्म रहनेछ । त्यसैले यसपटक चन्द्र ग्रहण लामो हुने छ ।

साथै यसपटक ल्यूनर एपोजी (पृथ्वी र चन्द्रमाको दुरी सबैभन्दा टाढा) हुनेछ । यही कारण यो चन्द्र ग्रहण २१ औं शताब्दीकै सबैभन्दा लामो हुनेछ ।

ग्रहणको बेला चन्द्रमा तारो रंगको हुने छ । यसो हुनुको कारण के हो भने जब सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँछ तब सूर्यको किरण छेकिन्छ र पृथ्वीको वातावरणको प्रभावको कारण चन्द्रमा रातो रंगको देखिन्छ । वैज्ञानिकहरुले यसलाई ‘ब्लड मुन’ भन्दछन् ।

ज्योतिष विज्ञानका अनुसार शुक्रबार ग्रहण सुरु हुनुभन्दा पहिले दिउँसो ३ बजेर ९ मिनेटदेखि शनिबार बिहानपख ४ बजेर ४ मिनेटसम्मको समयलाई सूतक मानिन्छ । सूर्योदयपछि सूतक समाप्त हुन्छ ।

खगोलविज्ञान र ज्योतिष विज्ञान दुवैमा चन्द्र ग्रहणको एक खास कारण छ । यद्यपि ग्रहणको विषयमा धेरै प्रकारका मिथक पनि प्रचलित छ ।

धेरै जनालाई अझै पनि चन्द्र ग्रहण नांगो आँखाले हेर्दा आँखा बिग्रिने डर छ । तर मिड नर्थ कोस्ट एस्ट्रोनोमीका डेभिड रेनेकाका अनुसार यसलाई नांगो आँखाले हेर्न सकिन्छ । उनी भन्छन्, ‘नांगो आँखाले हेर्दा पनि सुरक्षित हुन्छ । यो ज्यादै सुन्दर खगोलिय घटना हो, यसलाई अवलोकन गर्ने अवसर कुनै हालतमा गुमाउनु हुँदैन ।’

धार्मिक कथा

हिन्दु धर्ममा ग्रहणलाई लिएर धेरै प्रकारका पौराणिक मान्यताहरु छन् । चन्द्र ग्रहणसँग सम्बन्धित एक कथा पनि प्रचलित छ । भनिन्छ एकपटक राहु र देवताबीच लडाइँ भइरहेको थियो । देवता र राक्षस दुवैले अमरताको वरदान प्राप्त गर्न चाहन्थे र अमृत हात पार्न चाहन्थे । त्यहीबेला विष्णुले मोहिनीको रुप धारण गरेर राहुलाई मोहित पारे र उनीबाट अमृत हात पार्न सफल भए ।

राहुले पनि अमृत पाउनका लागि देवताहरुविरुद्ध अर्को चाल चल्ने विचार गरे । उनले देवताको भेष धारण गरे र अमृत बाँड्ने लाइनमा बसे । तर यो कुरा सूर्य र चन्द्रमाले थाहा पाए । त्यसपछि विष्णु भगवानले राहुको टाउको काटिदिए । त्यसपछि राहुबाट अर्को ग्रह बन्यो, त्यो हो केतु । सूर्य र चन्द्रमाबाट बदला लिनका लागि राहुले दुवैमा आफ्नो छायाँ पारिदिए । जसलाई हामी सूर्य ग्रहण र चन्द्र ग्रहण भन्दछौं । त्यसैले ग्रहणलाई अशुभ र नकारात्मक शक्ति सक्रिय हुने समय मानिन्छ ।

१२ राशि भएका व्याक्तिहरुका लागि ग्रहण फल यसप्रकार रहेको छ । 

मेष : सुख

वृष : माननाश वा मानहानी हुने

मिथुन :  कष्ट हुने

कर्कट : स्त्री पीडा

सिंह : सुखदायी हुने

कन्या : चिन्ता बढ्ने

तुला : व्यथा बढ्ने

बृश्चिक : श्री प्राप्ति हुने

धनु : क्षति हुने

मकर : घात हुने

कुम्भ : खर्च बढ्ने

मीन : लाभ हुने

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ