2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

धोबी– दिलौरी सैपु सडकमा डल्ला परेको सिमेन्टले ढलान गरेको खुलासा

प्रज्वल पौडेल । साउन  २४, काठमाण्डौ ।

रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिकास्थित धोबी–दिलौरी सैपु सडकखण्डमा ठेकेदारले मापदण्ड विपरीत कमसल निर्माण सामाग्री प्रयोग गरेको खुलासा भएको छ । 

डिभिजन सडक कार्यालय खुर्कोटसँग ठेक्का ७ लाख ३५ हजारमा सम्झौता गरेको दिनेश निर्माण सेवाले डल्ला परेको सिमेन्ट घनले फुटाएर सडकमा प्रयोग गरेको पाइएको हो । 


सडक ढलान गर्ने क्रममा गिट्टी, बालुवा, सिमेन्टको अनुपात समेत नमिलाइ सडक ढलान गरेको पाइएपछि सुधार गर्न पटक पटक आग्रह गरिएको लिखु गाउँपालिका -२ सैपूका वडा अध्यक्ष पदमबहादुर तामाङले जानकारी दिए । वडा कार्यालयबाट आफू जान नभ्याएको दिन सैपूका जनक पौडेल र दुर्गा पौडेललाइ अनुगमन गर्न पठाउँदासमेत सडकमा सम्झौता अनुसारको निर्माण नभएको जानकारी प्राप्त भएको तामाङले बताए । 

उनले भने- 'ठेकेदारले अटेर गरी माटो मिसिएको बालुवा र गुणस्तरहीन ढल्ला परेको सिमेन्टसमेत प्रयोग गरेपछि काम रोकेर डिभिजन सडक कार्यालय खुर्कोटलाई अनुगमनको लागी आग्रह गरिएको छ ।'


निर्माण व्यवसायी भन्छन् – मलाई षडयन्त्र गरेर फसाइयो

दिनेश निर्माण सेवाका निर्माण व्यवसायी तिलक माझीले आफूले मिति सकिएको ड्यामेज सिमेन्ट नभई पानीले भिजेर साना डल्ला परेको केही बोरा सिमेन्ट प्रयोग गरेको बताएका छन् । उनले सैपूका जनक पौडेल आफैले गिट्टीको रुपमा प्रयोग गर्न सल्लाह दिएपछि कामदारले प्रयोग गरेको तर उनैले फोटो खिचेर गलत प्रचार गरेको साझासबाललाई जानकारी दिए ।


माझीले भने- 'वडा अध्यक्षले काम हेर्न, रेखदेख गर्नका लागी जनक पौडेललाई पठाएको हो, जनकदाई र म सँगै छौँ, वर्षायाममा राखेको ठाउँमा अलि-अलि बोरामा सिमेन्ट पानीले भिजेको रहेछ, सोही बोरामा नभिजेको धुलो डल्ला नपरेको त काम लागि हाल्यो, भिजेको प्रयोग नगर्ने आफूले भनेपनि गिट्टीको रुपमा प्रयोग गर्दा हुन्छ भनेपछि कामदारले हाले ।'


आफूलाई जनकले ४ लाख जति घाटा जानु हुने भयो मिलेर काम गरौ भनेको दाबी बताए । जनकले आफूसँग रकम माग गरेको र आफूले नदिएपछि आफूलाई षडयन्त्र गरेर फसाएको समेत माझीले आरोप लगाएका छन् । सडकमा मापदण्ड अनुसारकै निर्माण सामाग्री प्रयोग गरेकाले डिभिजन सडक कार्यालयका प्राविधिकले ल्याब परीक्षण गर्दा गलत भेटिए कारबाहीको भागिदार हुने उनले बताए । माझिले ९०/९५ प्रतिशत काम गरिसकेको भएपनि हाललाइ काम रोक्न भनेपछि काम रोकेको बताए ।


यता सैपूका जनक पौडेलले भने आफूलाई वडा कार्यालयबाट कामको रेखदेख गर्न पठाएकाले डल्ला परेको सिमेन्टलाई प्रयोग गर्नु नभनेको बताएका छन् । उनले आफूले निर्माण व्यवसायीले सडक ढलान गर्दा बालुवा, गिट्टी र सिमेन्टको अनुपात टिपेर राखेको र निर्माण व्यवसायीले गरेको बदमासीको फोटो र भिडियो वडाअध्यक्षलाइ देखाएको स्पष्ट पारे । पौडेलले भने- 'आफूले ठेकेदारसँग रकमको बारेमा कुरा गरेको छैन, ठूलो रकमको ठेक्का होइन, आफ्नो गाउँमा आउने बाटो राम्रो बनाउनुपर्छ भन्ने हिसाबले सम्झौता बमोजिम काम गर्न पटक पटक आग्रह गरेको हुँ ।'

यस्तै वडा कार्यालयबाट कामको रेखदेख गर्न पठाइएका अर्का स्थानीय दुर्गाप्रसाद पौडेलले आफू गएको दिन डल्ला परेको सिमेन्ट प्रयोग नगरेको भएपनि सडकमा सम्झौता अनुसार निर्माण सामाग्रीको अनुपात भने नमिलेको दाबी गरे । निरीक्षण कर्ताहरुले ९ बोरा सिमेन्ट  प्रयोग गर्नुपर्ने ठाउँमा ५/६ बोरा मात्र सिमेन्ट हालेको बताएका छन् ।

वडा अध्यक्ष तामाङले सडकमा गुणस्तरहीन सामान प्रयोग भएको सबैबाट जानकारी आएको र आफू हेर्दा पनि उस्तै देखेपछि काम रोक्ना लगाएको दाबी गरे । उनले भने – 'माझीले आफूले गरेको कामको ढाकछोप गर्न अनेक लान्छना लगाएको हुन सक्छ । यदी कसैको रकमको वार्गेनिङ गरेको भए प्रमाणसहित वडा कार्यालयमा उजुरी दिए कारबाही गर्ने बताए ।

वडा अध्यक्ष तामाङले सडक निर्माणमा निर्माण व्यवसायीले लापरवाही गरेकोले उक्त कामको भुक्तानी रोक्नु पर्ने  बताए । 

ढलानको काम गर्नुपर्ने भएकाले पहिल्यै पटक पटक काम गर्न आउन अनुरोध गरेपनि माझीले असार मसान्तमा बर्षामासको समयमा आएर एक हप्ता भित्र काम सक्नन खोजे नसकेपछि समस्या भएको बताइएको छ ।



 

तस्बिर/ वडा अध्यक्ष पदम तामाङको फेशबुकवालबाट


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई