2026-09-19 05:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रिदै, यस्ता छन् फिचर्स, कति पर्छ मूल्य ?

भदौ २, काठमाडौं । सामसुङ ग्यालेक्सी नोट ९ नेपाल भित्रने तयारीमा रहेको छ। अगस्ट ९ बाट विश्वबजार प्रवेश पाएको उक्त फोन नेपालमा पनि एक दुई हप्ता भित्र आउने सामसुङको आधिकारीक बिक्रेता सामसङ इलेक्ट्रोनिक्स प्रालिले जनाएको छ।

सामसुङ इलेक्ट्रोनिक्सले नेपालमा प्रि बुकिङ समेत गरेको छ। नेपालमा प्रि बुक गर्नेलाई कम्पनीले ‘अफर’ को समेत व्यवस्था गरेको छ। प्रि बुकिङ गर्नेलाई एचडीएमआई एडप्टर, छालाको कभर, २४ सामसुङ कर्भ मोनिटर प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रयोगकर्ताले अन्य धेरै फाइदा र गिफ्टहरु प्राप्त गर्ने छन्। जसमा १८०० एमवी प्रमोसनल एनसेलको डाटा, शिखर इन्स्योरेन्सबाट एक वर्षको टुटफुटसम्वन्धी बीमाको व्यवस्था गरिएको छ। त्यस्तै लक्की ड्र बाट पहिलो हुनेलाई टर्किश एयरलाइन्सको आतेजाते टिकट उसले चाहेको गन्तव्यको प्राप्त गर्ने छ भने रनर अपले हिमालय फ्रन्ट रिसोर्ट अथवा वाटर फ्रन्ट रिसोर्टमा दुई दिन बस्न पाउने अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो स्मार्टफोनमा ४००० एमएएच व्याट्री रहेको छ। सामसुङ स्मार्ट फोनमा प्रयोग भएको अहिलेसम्मको सबैभन्दा पावरफुल ब्याट्री भएको कम्पनीले दाबी गरेको छ।

व्याट्री अहिलेसम्मकै नयाँ रहेको र यसमा नयाँ एस पेन कनेक्टीभिटी रहेको छ जुन प्रविधी स्मार्टफोनमा पहिलो पटक प्रयोग भएको हो। यसमा उत्कृष्ट क्यामराको समेत व्यवस्था गरिएको कम्पनीले बताएको छ।

ठूलो एज टु एड डिस्प्ले सो स्मार्टफोनमा रहेको छ। ६.४ इन्चको सूपर एमालेड इन्फिनिटी डिस्प्लेले मल्टी मिडियाको अनुभव दिलाउँछ। त्यस्तै, यसमा स्टेरिओ स्पीकर समेत रहेको छ। उक्त प्रविधिले डल्वी एटमस अडियोको अनुभव दिन्छ। वास्तविक स्वरको अनुभव गराउने कम्पनीले बताएको छ।

यो फोनले पिसीको जस्तै अनुभव दिलाउँछ जसमा सामसुङ डेक्स रहेको हुन्छ। यसलाई प्रयोगकर्ताले आफ्नो प्रस्तुति, फोटो सम्पादन र आफूलाई मन लागेको कुनै पनि शो हेर्न सक्छन्।

ग्यालेक्सी विशेषतः मिडनाइट ब्ल्याक, ओसल व्लु र मेटालिक कपर रङहरुमा नेपालमा उपलब्ध हुनेछ। नेपालको बजार मुल्य १ लाख रुपैंया नाघ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई