2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

जिल्ला समन्वय समिति रामेछापका अधिकृतमाथि छुरा प्रहार

प्रज्वल पौडेल । भदौ ७, रामेछाप

जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुवेदीलाइ अज्ञात व्यक्तिले छुरा प्रहार गर्दा गम्भीर घाईते भएका छन् । गएराति मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै निवासमा बसिरहेका उनलाई मुखमा मास्क बाधेँर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागेर गम्भीर घाइते भएका हुन् ।


बेलुका घरको माथिल्लो तलाको कोठामा नेट/फेशबुक चलाएर बसिरहेका सुबेदीलाई परिवारका अरू सदस्य अन्य कोठामा रहेको मौका पारी छुरा प्रहार भएको हो । उनलाई राति नै उद्दार गरी तामाकोशी सहकारी अस्पतालमा ल्याएर प्राथमिक उपचारपछि धुलिखेल अस्पताल पठाइएको थियो । अस्पताल स्रोतका अनुसार उनको पेटको आन्द्रा काटिएकाले शल्यक्रिया गरिएको छ । उनलाई आइसीयुमा राखिएको भएपनि अहिले सुबेदी खतरामुक्त रहेको धुलिखेल अस्पतालले जनाएको छ ।

अपरिचित व्यक्तिले झुक्याएर प्रहार गरेको छुरा जवर्जस्ती खोसेपछि सो व्यक्ति हतार हतार निस्कीई बार्दलीबाट हाम फालेर भागेको बताइएको छ ।

हत्या गर्ने उद्देश्यले सुबेदीमाथि छुरा प्रहार भएको जनाउँदै जिल्ला प्रहरी कार्यालय रामेछापले घटनाको अनुसन्धान थालिएको जानकारी दिएको छ ।



 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई