2026-06-27 10:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पा राष्ट्रिय सडक सञ्जालमा

2018-11-17

नारायण न्यौपाने | मङ्सिर १, काठमाडौँ | नेपाली सेनाको एक दशक लामो भगिरथ प्रयासले हिमाल पारिको जिल्ला डोल्पाको सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा जोडिन सफल भएको छ । जाजरकोटको पासागाढबाट शुरु भई डोल्पाको त्रिपुरासन्दरी सुपानीसम्मको १०३ किलोमिटर खण्डको सडकको ट्र्याक नेपाली सेनाले खोलेसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको हो । 

एकसय १८ किलोमिटर लामो उक्त सडकको सुपानीबाट दुनैतर्फको खण्ड १४ किलोमिटर सडक भने स्थानीय निकाय र संसाद कोषको खर्चमा यसअघि नै ट्र्याक खोलिएको थियो । छिमेकी मुलुक चीन र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उत्तर दक्षिणको सामरिक महत्व बोकेको उक्त राजमार्गले तिब्बतस्थित मरिम्ला र भारतको रुपेडियाबीच सिधा सम्पर्क जोड्न योगदान दिनेछ । 

प्रदेश नं–६ अन्तर्गतको प्राकृतिक विविधताले परिपूर्ण तथा भूगोलका हिसाबले मुलुककै सबैभन्दा ठूलो डोल्पा जिल्लामा सडक सञ्जाल विस्तार भएसँगै कर्णाली क्षेत्रको विकासमा कायपलट हुने विश्वास गरिएको छ । 

जाजरकोट, रुकुम र डोल्पा समेट्ने उक्त राजमार्ग पहाडी फिडर रोडको अवधारणाअनुरुप निर्माण भएको नेपाली सेनाले जानकारी दिएको छ । उक्त सडकको निर्माणले बाह्रैमहिना चिसो हावापानी रहने ठूला हिमाली घाँसे मैदानसमेत रहेको डोल्पामा उत्पादन हुने बहुमूल्य जडीबुटीले आवश्यक बजार र उचित मूल्य पाउने विश्वास गरिएको छ । 

जाजरकोट–डोल्पा सडकको ट्र्याक खेलेपछि सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम भएपनि स्थानीय जनताले सडक थप विस्तार र सुधारको जिम्मा नेपाली सेनालाई नै दिनुपर्ने माग गर्दै आएका छन् । 

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले उक्त सडक आगामी मङ्गलबार डोल्पाको त्रिपुरासुन्दरीमा उद्घाटन गर्नु हुने कार्यक्रम रहेको सडक आयोजना कार्यदल प्रमुख प्रमुख सेनानी विश्वबन्धु पहाडीले जानकारी दिनुभयो । सडक भेरी नदीको किनारै किनार दर्जनौं अक्कर र भिर, पहरा छिचोल्दै तथा रिम्ना, मनमाइतहरा, तल्लो बजार, गोतामकोट, घाडथला, त्रिवेणी, खदाङ, श्रीविन्दे बस्ती र बजार हँुदै दुनै पुग्नेछ । 

सेनाले यसअघि मुलुकमा एक हजार ११४ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको जनाएको छ । विसं २०१६ मा काठमाडौँ–हेटौँडा जोड्ने कान्ति लोकमार्गबाट सडक निर्माणमा संलग्न भएको नेपाली सेनाले हालसम्म निकै अप्ठेरा र सामरिक महत्व बोकेका २० वटा सडक निर्माण गरी हस्तान्तरण समेत गरिसकेको छ । सेनाले निर्माण गरेका सडकमा हिले–लेगुवाघाट (२८ किमी), कटारी ओखलढुङ्गा (८८ किमी), कान्ति लोकमार्ग (६५किमी), त्रिशूली– सोमदाङ (१०५ किमी) र गोर्खा–मनकामना सडक (३६ किमी) रहेका छन् । 

यस्तै गोरखा–आरुघाट–अर्खेत (४५ किमी), द्रब्य शाह मार्ग (२६.५० किमी), सातदोवाटो–निमेल–बालुवा (२० किमी) वँेसीशहर–चामे ( ६५ कि मी), बाग्लुङ–बेनी– जोमसोम (७५ किमी), जोमसोम–कागबेनी ( ९ किमी, सल्यान–मुसिकोट (४४ किमी), मुसिकोट–बुर्तिबाङ (३५ किमी), देवीस्थान–कैनडाँडा–चौरजहारी (४२ किमी सडक पनि नेपाली सेनाले खनेको हो । 

नेपाली सेनाले छिञ्चु–जाजरकोट(४५किमी), कर्णाली राजमार्ग (८८ किमी, नाग्मा–नाग्मागढी (९४ किमी, मैलुङ–स्याफ्रुवँेशी (१८ किमी) काठमाडाँै–तराई दु्रतमार्गको ९० किमी ट्र्याक पनि खोलेको थियो । 

सेनाले अहिले निर्माण गरिरहेका ठूलो सडक आयोजनामा बेनीघाट–आरुघाट– लार्केभञ्ज्याङ (१२० किमी), कालीगण्डकी करिडोर (७६ किमी) र कर्णाली करिडोर १४५ किमी रहेको छ । जाजरकोट–डोल्पा सडक निर्माणसँगै राष्ट्रिय सडक सञ्जालमा नेपाली सेनाको योगदान १०३ किमी थपिएको छ । सरकारले मुलुकका जिल्ला सदरमुकाममा सडक सञ्जाल पु¥याउने नीतिअनुरुप हुम्लाबाहेक ७६ जिल्लामा मोटर बाटोको पहुँच पुगेको छ । डोल्पामा सडकको पहुँच पुगेसँगै शे–फोक्सुण्डो ताललगायतका क्षेत्रमा पर्यटन विस्तारमा ठूलो योगदान पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी