2026-09-19 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसाका घटनामा ६५ प्रतिशत घरेलु हिंसा

मङ्सिर १०, ललितपुर | देशभरमा भएका महिला हिंसाका घटनामा ६५ प्रतिशत घटना घरेलु हिंसाका भएको पाइएको छ । 

महिला हिंसाको एक वर्षको तथ्याङ्क समेटेर महिला पुनस्थापना केन्द्र(ओरेक)ले सार्वजनिक गरेको पुस्तक ‘अन्वेषी’ का आधारमा घरेलु हिंसाका घटना बढेको पाइएको हो । प्रत्येक वर्ष नोभेम्वर २५(महिला हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवातको दिन) पारेर पुस्तक सार्वजनिक गर्दै आएको ओरेकले आइतबार राष्ट्रिय मानव अधिकार आयोगमा आयोजना गरेको कार्यक्रममा हिंसाका घटना र उजुरी दुबै बढेको उल्लेख गरेको छ । 

आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय निकायमा महिला प्रतिनिधित्व बढ्नु महिला हिंसा न्यूनीकरणका लागि सम्भावनाका रुपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रत्येक वडामा निर्वाचित भएका महिला सदस्यमार्फत हिंसा न्यूनीकरण गर्न सकिन्छ ।” 

आयोगले न्यायिक समितिका पदाधिकारीलाई तालीम दिइरहेको उहाँले बताउनुभयो । 

अतिरिक्त प्रहरी महानिरीक्षक ठूले राइले हिंसा न्यूनीकरणमा नेपाल प्रहरीका सबै तह लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निकाय र अधिकारकर्मीसँग सहकार्य बढाउन हामी चाहन्छौं ।” 

पत्रकार टङ्क पन्तले पछिल्ला वर्षमा मिडियाले महिला हिंसाका घटनालाई प्राथमिकता दिइरहेको बताउनुभयो । ओरेककी केन्द्रिय सदस्य दुर्गा कार्कीले नेपाल प्रहरीले महिला हिंसासम्बन्धी तथ्याङ्क व्यवस्थित गर्नुपर्ने औंलाउनुभयो । 

– रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई