2026-09-18 11:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व

पौष १५, काठमाडौं । खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन बस्‍नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


नवनिवार्चित कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा डिल्लीबहादुर तामाङ र कोषाध्यक्षमा सुजन घिमिरे सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरूमा निरज पौडेल, सुदीप निरौला, युवराज सुनुवार, यशोधा पौडेल, शीला गौतम, सम्झना कार्की, आनन्द सुनुवार, र कुमार दर्जी रहेका छन् ।

नवनिर्वाचित क्लबका अध्यक्ष राजन बस्‍नेत (भान्जा) ले खेलकुद क्षेत्रको
विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने– ‘जिल्लामा
आफ्नो कार्यकालमा युवाहरुलाई समेट्दै जिल्लाकै नमुना क्लबको रुपमा विकास
गरी प्रभावकारी रुपमा काम गर्छु ।’


                                                           
उनले सरकारी तथा गैह्रसरकारी संघ/संस्थासँग समन्वय गर्दै अगाडि बढ्ने बताए । बस्‍नेतले जिल्लामा सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा क्लबले काम गर्ने उल्लेख गरे ।

उपाध्यक्ष निरोज पौडेलले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याउने बताए । उनले युवाको सीप क्षमतालाई अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने धारणा राखे ।

क्लबका सल्लाहकार निर्मल पौडेलले भलिबल खेलको क्षेत्रमा क्लवले गरेको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भई खेलकुद तथा सामाजिक विकासमा लाग्नुपर्ने धारणा राखे।


    
कार्यक्रम निवर्तमान अध्यक्ष विष्णु पौडेलको सभाअध्यक्षतामा भएको थियो । २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नमुनादीप युवा क्लबको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं र शाखा कार्यालय सैपु रामेछापमा रहेको छ। क्लबले राष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्नुका साथै सामाजिक क्षेत्रमा विविध काम गर्दै आएको क्लबका सचिव प्रज्वल पौडेलले जानकारी दिए । उनले भने -‘क्लबले आगामी दिनमा सबैसँग समन्वय गर्दै रचनात्मक कामलाई पनि प्राथमिकता दिइन्छ।’

सार्क फण्डको लगानीमा निर्माण भएको नमुनादीप युवा क‍्लबको ४ कोठे पक्की भवनबाट अहिले वडा कार्यालयका कामसमेत संचालन हुँदै आएको छ ।

– तस्बिर : निरोज पौडेल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई