2026-06-25 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आइथ्रीएस प्रविधिसहितको स्कूटर नेपालमा भित्रियो, कति पर्छ मुल्य ? हेर्नुहोस्

2019-04-16

बैशाख ३, काठमाण्डाै – आइथ्रीएस प्रविधिसहितको स्कूटर ‘डेस्टिनी १२५’ नेपाली बजारमा भित्रिएको छ । 

हिरो मोटाेकर्प लिमिटेडले मंगलबार काठमाण्डाैमा पत्रकार सम्मेलन गरी सो प्रविधिसहितको फेमिली स्कूटर डेस्टिनी १२५ बजारमा ल्याएकाे हो । ग्राहकको चाहनालाई ध्यानमा राखेर आइथ्रीएस प्रविधिजडित डेष्टिनी १२५ स्कूटर नेपालमा पनि ल्याइएको कम्पनीले जनाएको छ ।

डेष्टिनी १२५ स्कूटरको मूल्य भ्याटसहित २ लाख ६ हजार राखिएको छ । काठमाडौँमा शुन्य प्रतिशत डाउनपेमेन्ट र काठमाडौँ बाहिर ५० प्रतिशत डाउन पेमेन्टमा स्कुटर खरिद गर्न सकिने कम्पनीले जनाएको छ।  

स्कुटर बैशाख ४ बाट देश्भर हिरोमोटर साइकलका शोरुमहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ । स्कुटर सेगमेन्टमा पहिलो पटक १२५ मा माइलेजको लागि हिरोको अविस्कार आइ थ्री एस जडान गरिएको कम्पनीले जनाएको छ । स्टाइल, पावर र प्रविधिकमा विशेष संयोजन रहेको नयाँ डेस्टेनी १२५ नेपालको पहिलो र एक मात्र फेमिली स्कुटर रहेको कम्पनीले दाबी गरेको छ ।  

स्कुटरमा डिजिटल एनलग स्पिडोमिटर , साइड स्ट्याण्ड  इन्डिकेटर र सर्भिस ड्यु रिमाइन्डर पनि रहेको कम्पनीले जनाएको छ। साथै स्कुटरमा बाहिरबाटै इन्धन भर्ने प्रणाली, रिमोटबाट साँचो खोलिने, मोबाइल चार्ज गर्न मिल्ने र बुट लाइटको सुविधा रहेको कम्पनीले जनाएको छ । स्कुटरमा भएको टेलिस्कोप सस्पेन्सन र एकीकृत बैंकिंङ्ग प्रणालीले आरामदायी यात्राको अनुभूति दिलाउने कम्पनीले दावी गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ