2026-09-19 02:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस कारण शाहरुखले तेश्रो बच्चा जन्माउने योजना बनाए

जेठ १३, काठमाडौँ | शाहरुख खानको सबैभन्दा कान्छो छोरा अबराम ६ बर्षका भएका छन् । उनको जन्म आजकै दिन अर्थात 27 मे 2013 मा भएको थियो । तर के तपाईलाई थाहा छ ? दुई सन्तानको पिता बनिसकेका शाहरुखको मनमा तेश्रो बच्चा जन्माउने योजना कसरी बन्यो ? शाहरुख खान आफैले यो बिषयको खुलासा २०१३ मा अबरामको जन्म भएपछी एक अन्तर्वार्ताको क्रममा गरेका थिए । 

हामीले बच्चाको याद गर्न थालेका थियौं: शाहरुख

शाहरुखले अन्तर्वार्ताको क्रममा भनेका थिए कि, “मेरो छोरा १६ (अहिले २२ बर्ष) बर्षजा छन् र छोरी १३ (अहिले १९ बर्ष) कि छन् । तर पछिल्लो चार-पांच बर्षमा उनीहरु घरभन्दा बाहिर हुन थाले, स्कूल जान थाले । पहिले उनीहरु बाँदर जस्तै खेल्थे, टासिईरहन्थे, बच्चा जस्तै खेलीरहन्थे र म उनीहरुसँग निकै धेरै समय बिताउन सक्थें । तर पछिल्लो चार-पाँच बर्षदेखि वातावरण यस्तो छ कि बच्चा आफ्नो साथीहरुसंग आफ्नै कोठामा बस्ने र आफ्नै तरिकाले रहन थाले । हामीले कहिलेकाही यो पनि थाहा हुँदैन कि उनीहरु घरमा छन् कि छैनन् । हामीले बच्चाहरुसँग खेलेको दिनको सम्झना गर्न थाल्यौं । आर्यन पढ्नको लागि लन्डन गयो र छोरी पनि जाँदैछिन् । हामी खूला बिचारका अभिभावक हौँ । बच्चा जे चाहन्छन् गर्न सक्छन् । तर हामी भने बच्चाहरु सम्झन थालेका थियौं ।”

भनिन्छ कि अबरामको जन्मको समय गौरीले पनि ४० बर्ष उमेर पार गरिसकेकी थिइन । उक्त उमेरमा बच्चालाई जन्म दिनु निकै खतरनाक हुन सक्थ्यो । यसैले शाहरुखले छोराको जन्मको लागि सरोगेसीको सहारा लिए । कोख भाडामा लिएर बच्चा जन्माउने विधिलाई सरोगेसी सेवा भनिन्छ । बिभिन्न रिपोर्ट्सका अनुसार, गौरीको भाउजु नमिता छिब्बर अबराम (शाहरुख खानका छोरा) को सरोगेट आमा हुन् । 

शाहरुखले उक्त अन्तर्वार्तामा आफ्नो बच्चाहरुको बारेका पनि थप कुरा गरेका थिए । उनले भने, “मेरा तीन बच्चा छन् जसको अलग-अलग कहानी छ । यसै कारण सबै स्पेशल छन् । आर्यनको जन्म अगाडी गौरीलाई सारै गाह्रो भएको थियो । सुहानाको जन्म हाम्रो लागि एक्साइटिङ थियो, किनकी हामी दुवै जना पहिलो बच्चाको रूपमा छोरी चाहन्थ्यौं । तर उनि दोश्रो नम्बरमा जन्मिइन् । गौरी चाहन्थिन् कि बच्चा म जस्तै देखिउन् । यसैले डेलिभरी पछी उनि मलाई सोध्थीन् कि के उनीहरु तपाइँजस्तै देखिन्छन् । बर्षौं पछी हामीलाई लाग्यो कि तेश्रो बच्चा पनि हुनुपर्छ, तब हामीले अबरामलाई जन्म दिने योजना बनाएका थियौं ।”

तश्वीरमा: आमा गौरीको साथमा अबराम खान 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई