Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

म्याग्दीको गलेश्वरधाममा करोडौँका पूर्वाधार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १६, म्याग्दी | </b>नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै विशाल चक्राकार शीला (पत्थर) माथि शिवलिङ्ग रहेको म्याग्दीको प्रसिद्ध तीर्थस्थल गलेश्वरधाममा करोडौँका पूर्वाधार निर्माण भएपछि तीर्थयात्री तथा बाह्य पर्यटकसमेत आकर्षित हुन थालेका छन् ।कालीगण्डकी नदीदेखि नै शुरु भएको चक्राकार शिलाको मध्यभागमा कहिल्यै नसुक्ने पोखरी र कल्पवृक्ष रहेको विश्वकै अलौकिक गलेश्वरधाममा चढाइएको भेटी र दाताको सहयोगबाट रु नौ करोडका विभिन्न पूर्वाधार निर्माण गरिएका छन्&nbsp; ।<br></p><p>मन्दिरमा चढाइएको भेटी र दाताको सहयोगबाट धर्मशाला, बगैँचा, अतिथि आवास गृह, संस्कृत पाठशाला, हवनकुण्डलगायत संरचना निर्माण भएपछि गलेश्वर सबैको आकर्षणको केन्द्र बन्न थालेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुदबहादुर केसीले बताउनुभयो ।सो स्थानमा प्रकट भएको शिवलिङ्ग, चक्रशिलामा टुसाएका शालिग्राम, प्रष्टरुपमा देखिने भगवान् शिवका चरण चित्र, त्रिशूल, शङ्ख, नाग, देवदेवीका मूर्ति आदि रहेकाले&nbsp; पनि यो विश्वकै अलौकिक तीर्थस्थल भएको पण्डित भीमनाथ आचार्यले बताउनुभयो ।</p><p>विसं २०५४ अघि अस्तव्यस्त रहेको यस क्षेत्रमा राधाकृष्ण शर्मा पराजुलीले आफ्नै रु २० लाखको&nbsp; लागतमा मन्दिर निर्माण गर्नुभएपछि&nbsp; गलेश्वरधाममा&nbsp; विकासले गति लिँदै आएको छ&nbsp; । यस क्षेत्रअन्तर्गत रहेका कपिलाश्रम, पुलस्त्य–पुलहाश्रम, जगन्नाथ, वरनाथ, टोड्के तपोवन, सिद्धाश्रम, विवप्रभाश्रम, विपिनाम, आनन्दाश्रम, ऋखाराश्रम अझै पनि प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा नै परेका छन् ।मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरधामले स्वदेशी तीर्थयात्रीका साथै विदेशी पर्यटकको समेत ध्यान खिच्न सफल भएको छ । यहाँ दैनिक दर्जनौँ विदेशी पर्यटक आउने गरेका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । रासस&nbsp;</p>