Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आजदेखि कात्तिक ३ गतेसम्म देशभरको मौषम यस्तो रहनेछ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १, काठमाडौँ | आगामी तीन दिनको मौसम पूर्वानुमान (२०७६/०७/०१ देखि २०७६/०७/०३) जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको छ | जस अनुसार यस्तो रहनेछ कात्तिक ३ गतेसम्मको मौषमको अवस्था:

मौसम विश्लेषण) Meteorological Analysis):

हाल नेपालको पश्चिमी भु-भागमा western disturbances को आंशिक प्रभाब परिको छ।

मौसमको अवस्था )Present Weather Status):

हाल देशको पश्चिमी भुभागमा आंशिक देखि सामान्य बदली तथा मध्य र पुर्वको पहाडमा आंशिक बदलि भएको छ र बांकि भु-भागमा सामान्यतया सफा रहेको छ ।

कार्तिक ०१ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमी भुभाग लगायत मध्य तथा पुर्वी पहाडी भु-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

राती: देशको पुर्वी भुभाग लगायत मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पुर्वी पहाडका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ। बांकि भु-भागमा मौसम सामान्यया सफा रहनेछ ।

कार्तिक ०२ गते (शनिबार)

दिउँसो: देशभरी आंशिक बदली रही अपरान्ह पछि पश्चिमी पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

राती: : देशको पुर्वी भुभागमा आंशिक देखि सामान्य बदलि र  मध्य तथा पश्चिमी पहाडी भु-भागमा आंशिक बदली रही पहाडी भुभागका एक दुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको छ।

कार्तिक ०३ गते (आइतबार)

दिउँसो: देशभर आंशिक देखि सामान्य बदलि रहि देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।

राती: देशभर आंशिक देखि सामान्य बदलि रहि मध्य र पुर्वका थोरै स्थानमा र पश्चिमका एक दुइ स्थानमा  हल्का वर्षाको सम्भावना रहेको छ।