Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

उप–राष्ट्रपतिद्धारा सिमकोटमा विद्यालय शिलान्यास

By साझासवाल 10 मिनेट पढाइ

पढ्न करिब 4 मिनेट लाग्छ
प्रकाशित:

रेशमराज रोकाया | कात्तिक ८, हुम्ला | उपराष्ट्रपति नन्दबहादुर पुनले सिमकोटमा रहेको मानसरोवर नमूना माध्यमिक विद्यालयको नयाँ भवन शिलान्यास गर्नु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत बहुप्राविधिक शिक्षामा सर्वसाधारणको पहुँच वृद्धी गर्ने लक्ष्यको साथ विद्यालयलाई भौतिक निर्माणको लागि प्रदान गरिएको भवनको उद्घाटन गर्नु भएको हो । विहान नेपाली सेनाको हेलिकोप्टरबाट सदरमुकाम सिमकोट आउनु भएका पुनले ३ घण्टा हुम्लाका विभिन्न ठाउँमा विताउनु भएको थियो ।

विद्यालयको शिलान्यासको क्रममा नेपाल सरकारले कर्णाली करिडोर गौरवको योजनालाई साकार पार्नको लागि पहिलो प्राथमिकतामा रहेको बताउनु भयो । विद्युत प्रशारण लाईन १३३ केभिए लाईन जसलाई चिन, नेपाल र भारतको उपयोग हुने गुरु योजनाले हुम्लाको रोजगारी, सम्वद्धी लगायतका गतिविधिमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भयो । मानसरोवर कैलाश मार्गलाई अझ व्यवस्थित गर्न सकिएमा यहाँको आयआर्जन र रोजगारीको सिर्जना हुने अवस्था रहेको उहाँले बताउनु भयो । उपराष्ट्रपति नन्द किशोर पुनले हुम्लाको चिन र नेपाल सिमा क्षेत्रमा रहेको हिल्सा, हुम्लाकै अति नै पर्यटकिय क्षेत्रको सम्भावना रहेको लिमी उपत्यका र नाम्खा गाउँपालिकाको हवाई निरिक्षण भ्रमण समेत गर्नु भएको थियो ।

शुक्रबार हुम्ला पुगेका उपराष्ट्रपति पुनले काठमाण्डौबाट टाढा र दुर्गम मानिएता पनि स्वयम आफै हुम्ला पुग्दा सबै चिजले भरिपुर्णभएको हुँदा ,र यहाँको विकास, निकासका लागी कर्णाली प्रदेश र सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । हुम्लालाई अब काठमाण्डौले टाढाको नजरले नभई नजिकको नजरले हेरिनुपर्ने तर्क राखेका थिए । हुम्ला जिल्ला भौगोलिक रुपमा विकट भएपनि हुम्ला पुग्ने ईच्छापुरा हुनुको साथै यहाँको ,डाँडाकाँडा, हरियाली, हिमाल, र धार्मिक विविधताले भरिपुर्ण भएको देख्दा आन्नदित भएको उपराष्ट्रपति पुनले बताउनुभयो ।

हुम्ला जस्तो सुन्दर ठाउँमा जन्म लिने हरेक हुम्लाका नागरीक भाग्यमानि रहेको उहाँले बताउनुभयो । हिजोका दिनहरुमा उत्पादनको हिसाबले पछि परेता पनि अबका दिनहरुमा त्यस्तो समस्या भोग्नु नपर्ने उहाँले बताउनुभयो । हुम्ला जिल्लालाई नेपाल सरकारले पर्यटकीय लिस्टमा राखि सकेको उपराष्ट्रपति पुनले बताउनुभयो ।

कला,संस्कृतीलाई विश्व बजारमा प्रचार–प्रशार गर्दा यहाँका नागरीकको जीवन बदली विश्वास व्यक्त गर्नु भयो । हुम्ली र कर्णाली वासी सहित प्रत्यक नेपालीहरुको जीवनमा परिवर्तन आउनुलाई सम्बृद्ध भनिएको हो पुनले भने । हिजोका दिनले भन्दा आजको दिनमा आर्थिक, शिक्षा, स्वास्थ्यका हिसाबले माथि उठनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो । आफ्नो गाउँ ठाउँ परिवर्तनको लागी पहिला आफुमा परिवर्तन ल्याउन जरुरीरहेको उहाँले बताउनुभयो । सम्बृद्ध नेपालका लागी सरकारको मात्रै मुख ताकेर भन्दा पनि आफ्नो समाजका लागी यहाँका नागरीक आफै पहिला जागरुक हुनु पर्ने उहाँले बताउनुभयो । हुम्लाको विकासका लागी जिल्लाका सबै राजनितीक दलहरुले जनताको घरमा सिंहदरबार पुगेको महसुस गर्नका लागी मिलेर जानुपर्ने उहाँले बताउनुयभो ।

उपराष्ट्रपतिलाई स्वागत गर्नको लागि हुम्लाका स्थानिय वासिन्दा आ–आफ्नै भेषभुषामा सजिएर झाँकी समेत प्रदर्शन गरिएको थियो । कडा सुरक्षा व्यवस्थाको साथ सिमकोटको बजार क्षेत्रमा रहेको सनभ्याली रिसोर्टमा खाना पछि हुम्लाका महत्वपूर्ण स्थानमा भ्रमण निस्कनु भएको थियो ।

त्यसै गरी कर्णाली प्रदेशले पर्यटन क्षेत्रबाटै लाभ लिन सक्ने बताएका छन् । सुर्खेतका पर्यटकीयस्थल काँक्रेबिहार र बुलबुले उद्यानको बिहीबार अवलोकन गर्दै उनले पर्यटन प्रवद्र्धन गर्नसके कर्णालीले मुहार पर्ने बताए ।

त्यसै गरी कर्णाली प्रदेशका मूख्य मन्त्री महेन्द्र बहादुर शाहीले हाजको शिक्षा व्यवहारिक नहुँदा हाल बेराजगारको संख्या वृद्धी हुँदै गएको प्रति चिन्ता व्यक्त गर्दै सिकेको कुरा व्यवहारमा सीपलाई आयआर्जनमा ल्याउन सक्ने जनशक्ति निर्माणमा कर्णाली प्रदेश सरकार लागि परेको बताउनु भयो । कर्णाली प्रदेशले हरेक व्यक्ती स्वरोजगार बन्न सक्ने खालको प्रदेशमा रहेको ८९ वटै स्थानिय तहमा त्यहाँको आवश्यक र महत्व रहेको विषयमा पाठ्यक्रम नै तयार गरी प्राविधिक शिक्षा प्रदान गर्न तर्फ अघि बढेको बताउनु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री शाहीले “जीवन निर्वाहको लागि आवश्यक पर्ने शिक्षा, श्रम प्रति ईज्जत गर्ने जनशक्ति नै राष्ट्रलाई आवश्यक रहेको हुनाले जनता धनी हुन सक्ने, देश विकास र सम्वद्धी ल्याउनको लागि आवश्यक पर्ने जनशक्ति उत्पादनमा कर्णाली प्रदेश लागि परेको छ । प्रदेशका पर्यटकिय प्राकृतिक क्षेत्रको सम्पदा, धार्मिक,संस्कृतीको जगेर्ना गरी पर्यटन प्रवद्र्धन गरेर प्रदेश सम्वृद्ध हुन सक्ने भएको कारण हिजोको कर्णालीको चुनौतीको समस्यालाई अब घटाउँदै लैजाने प्रयास कर्णाली प्रदेशको रहेको छ” शाहीले बताउनु भयो । आज नै सिमकोटमा मुख्यमन्त्री शाहीले सामाजिक विकास कार्यलयको समेत उद्घाटन गर्नु भएको थियो ।

माथिको तश्वीरहरु: उपराष्ट्रपती पुन विद्यालयको शिलान्यास गर्दै | तश्वीर: रेशमराज रोकाया