मंसिर २, एजेन्सी | अहिले तरकारीको मुल्यमा निकै वृद्धि भएको छ | प्याजको मूल्य अकासिएको छ | तरकारी, मासु, दालमा हाल्नुपर्ने प्याजको मूल्य निकै बढेको छ | नेपालमा मात्र नभई प्याजको मूल्य अन्य छिमेकि मुलुकहरुमा पनि निकै मात्रामा बढेको छ |

छिमेकि मुलुक बंगलादेशमा भने अहिले प्याजको हाहाकार भएको छ | अरू बेला प्रतिकिलो ३० टाका (बंगलादेशी मुद्रा) मा पाइने प्याज अहिले एक किलोका २६० टाका पुगेको छ | प्याजको अभाव र महंगी भएपछि प्रधानमन्त्री शेख हसिनाले प्याज नै खान छोडिदिएकी छन् |

हवाईजहाजबाट प्याज आयात भइरहेको हसिनाको सचिवालयका प्रेस उपसचिव हसन जहिद तुसरले बताएका छन् | प्रधानमन्त्रीले पनि प्याज छोडिदिनुभयो प्रधानमन्त्री निवासमा पाकेका कुनै पनि खानामा प्याज राखिएको थिएन,’ उनले भने |

भारतले निर्यातमा प्रतिबन्ध लगाएपछि बंगलादेशमा प्याज अभाव हुन् थालेको हो | बंगलादेश सरकारले म्यानमार, टर्की, चीन र इजिप्टबाट प्याज आयात गरेर माग धान्ने प्रयास गरिरहेको छ |

November 18, 2019
काठमाडौँ - KTM, बिशेष खबर
प्याज महंगो भएपछि बंगलादेशकी प्रधानमन्त्रीले खानै छाडिन्
By kit
2 मिनेट पढाइ