२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग बन्ने भएपछि स्थानीय खुशी

२०७६, ४ मंसिर बुधबार १४:५४

मङ्सिर ४, पाल्पा | बर्सेनी पहिरो गएर थुप्रै नागरिकको ज्यान गएको सिद्धबाबा पहिरोग्रस्त क्षेत्रका अब सुरुङमार्ग निर्माण हुने भएको छ । पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा क्षेत्र विकासका लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चिता गरेलगत्तै यस क्षेत्रका नागरिक खुशी भएका छन् । 

राष्ट्रिय योजना आयोगबाट स्वीकृत योजनाका लागि रु १० अर्ब १५ करोड स्वीकृत भएको छ । सिद्धबाबा क्षेत्रको करिब एक किलोमिटर ७०० मिटर सडक सुरुङमार्ग बनाउन स्टिमेट र डिजाइन स्वीकृत भएको हो । अर्थ मन्त्रालयले बहुवर्षीय ठेक्का लगाई डिजाइनअनुसार काम अगाडि बढाउन भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई भनेको छ । अर्थ मन्त्रालयका शाखा अधिकृत मनोज रेग्मीद्वारा हस्ताक्षरित स्रोत सुनिश्चिता पत्र सम्बन्धित सडक डिभिजन कार्यालयमा पठाइएको छ ।

यही मङ्सिर १ गते बसेको मन्त्रिपरिषद्को बैठकले सुरुङमार्ग निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेको हो । अर्थ मन्त्रालयले भौतिक योजना तथा पूर्वाधार मन्त्रालयलाई पत्र लेखेर सहमति दिएसँगै सडक निर्माणका निम्ति ठेक्का प्रक्रिया अगाडि बढेको छ । 

हिउँद तथा बर्सातको समयमा पहिरोसँगै ठूलाठूला ढुङ्गा खसेर थुप्रै नागरिकको ज्यान गएको क्षेत्रमा पटक पटक निर्माण कार्य हुने र बर्सेनी अनुगमन गरिने क्षेत्रबाट अब भने सुरक्षित सडक निर्माण हुनेमा सर्वसाधारण नागरिक विश्वस्त छन् । 

पाल्पा बुटवल सडकखण्डको सिद्धार्थ राजमार्ग अन्तर्गतको यो सडकमा बर्सेनी नागरिकले ज्यान गुमाउँदै आएका छन् । सहमतिपत्र सार्वजनिक भएसँगै स्याङ्जा, पाल्पा हँुदै बुटवलसम्म जाने–आउने यात्रुहरु सुरक्षित यात्रा गर्न पाउनेमा ढुक्क हुने भएपछि खुशी भएको पाल्पा क्षेत्र नं १ का सङ्घीय सांसद तथा पूर्वमन्त्री दलबहादुर बताउनुभयो । सांसद रानाले पाल्पाका लागि व्यापारिक केन्द्र बुटवल आउनजान बढी पर्ने भएकाले पनि यो मार्गमा सुरुङमार्ग निर्माण हुनुले आफू निकै खुशी भएको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने