राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको छ | ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको छ | ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाड"/>

2026-06-25 11:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इरानमा ब्रिटिश राजदूत पक्राउ,ब्रिटेनले दियो यस्तो चेतावनी

2020-01-12

पुस २७, एजेन्सी | इरानमा भएको विमान दुर्घटनालाइ इरानी अधिकारीहरूले "भुलवश" खसालिएको स्वीकार गरेपछि तेहरानमा भएको सरकार विरोधी प्रदर्शनका क्रममा इरानका लागि ब्रिटिश राजदूत पक्राउ परेका छन् |

राजदूत रब मकेयरलाई तीन घण्टा नियन्त्रणमा लिइएको छ | ब्रिटेनले "अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन" गरेको भन्दै चेतावनी दिएको छ | राजदुत विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा  सहभागी भएका थिए |

दूतावास फर्किन लागेका राजदूत मकेयर कपाल काट्नका लागि एउटा सलुनमा रोकिँदा पक्राउ गरिएको हो | "तेहरानमा हाम्रा राजदूतलाई कुनै कारणविना पक्राउ गर्नु अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन हो।"यूकेका विदेशमन्त्री डोमिनिक राबले एक बक्तव्य जारि गर्दै भनेका छन् |

उनीमाथि सरकार विरोधी प्रदर्शनकारीहरूलाई भड्काएको आरोप लगाइएको छ | यता इरानले भने युक्रेनी यात्रुवाहक विमानमा "मानवीय त्रुटि" का कारण क्षेप्यास्त्र प्रहार गरिँदा विमान खसेको बताएका थिए |

त्यसपछि मृतकको सम्झनामा तेहरान र अन्य शहरहरूमा शनिवार मानिसहरू भेला भएका थिए |

एक सय ७६ जनाको ज्यान जाने गरी गत बुधवार भएको दुर्घटनाका लागि शुरूमा आफू जिम्मेवार नरहेको इरानले दाबी गरेको थियो | विमान दुर्घटनामा ज्यान गुमाउनेमा ८२ जना इरानका, ६३ जना क्यानडाका र ११ जना युक्रेनका नागरिक थिए |

तर शनिवार राष्ट्रपति हसन रुहानीले इरानी सेनाले "भुलवश" युक्रेनी विमानलाई क्षेप्यास्त्र प्रहारबाट खसालेको स्वीकारेका थिए |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने