पढ्न करिब 1 मिनेट लाग्छ

माघ १७, एजेन्सी | अस्ट्रेलियाको आगलागी हाल सम्म नियन्त्रणमा आएको छैन | शुक्रबार अस्ट्रेलियाका अधिकारीहरूले राजधानी सहर क्यानबेरा र वरपरका क्षेत्रमा लागेको डढेलो नियन्त्रण बाहिर भएपछि आपतकाली घोषणा गरेका छन् |

क्यानबेराका मुख्यमन्त्री एन्ड्रिउ बार्रका अनुसार सन् २००३ मा लागेको डढेलोपछि यो पहिलो पटक संकटकाल घोषणा गरीएको हो | आगो १८५ स्क्वायर किलोमिटरसम्म फैलिसकेको अधिकारीहरुले जनाएका छन् |

७२ घण्टा सम्मका लागि आपतकाल घोषणा गरिएको छ र उक्त समयमा सहर खाली गर्न, सडक बन्द गर्न अधिकार दिइएको छ | गत सेप्टेम्बरदेखि अस्ट्रेलियाको इष्ट कोस्टसम्म फैलिएको डढेलो नियन्त्रण गर्न अग्नि नियन्त्रकहरू प्रयास गरिरहेका छन् |

अष्ट्रेलियामा भएको आगलागीबाट ३३ जनाको ज्यान गइसकेको छ भने ५० करोडभन्दा बढी पशुपंक्षीको मृत्यु भइसकेको बताइएको छ | हाल सम्म २५ सय घर आगोले नष्ट भइसकेका छन् |