Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पशुपति शर्माकाे ‘लुट्न सके लुट्’–२ गित सार्वजनिक,”जता नि चेार” (भिडियो सहित)

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडैाँ । गायक पशुपति शर्माले ‘लुट्न सके लुट्’भाग–२ का रुपमानयाँ गीत सार्वजनिक गरेका छन् । उनले‘जता पनि चोर’बोलको गीत सार्वजनिक गरेका हुन् । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन्।

भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ। राजनीतिक तथा सामाजिक विक्रिति विरुद्ध व्यङ्ग्य गरिएको गीतले विक्रिति, विसङ्गती र भ्रष्टचाररहित समाजको परिकल्पना गरेको छ।

पशुपतिले गत वर्ष ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए। नेपालको राजनीतिक संस्कार र त्यसले सिर्जना गरेको अवस्थालाई तीखो व्यङ्ग्य गरेको उक्त गीतको  राजनीतिक दल तथा तिनका कार्यकर्ताले चर्को विरोध गरेका थिए। संसद्मा समेत चर्काचर्की बहस भएपछि पशुपतिले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए। त्यसकै अर्को भागमा रुपमा उनले ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’बोलको गीत ल्याएका हुन् ।