2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनाभाइरसबाट ब‍च्‍न मदिरा सेवन गर्दा २७ जनाको मृत्यु, २१८ जना अस्पताल भर्ना

फागुन २७, एजेन्सी | यतिबेला विश्वभरी फैलिरहेको कोरोनाभाइरस(कोभिड-१९)को कारणले विश्व नै आक्रान्त बनेको छ | चिनको हुवानबाट सुरुभएको उक्त भाइरसले महामारीको रुप लिएको छ | चिनमा कोरोनाभाइरस संक्रमणको दर घटेपनि अन्य देशहरुमा भने बढिरहेको छ |

कोरोनाबाट बच्न मानिसले आवश्यक सतर्कता अपनाई रहेका बेला इरानको खुजेस्तान र अलब्रोज प्रान्तमा भने कोरोना संक्रमणबाट बच्‍न विषाक्त मदिरा सेवन गरेका छन | उक्त मदिराले २७ जनाको ज्यान गएको  इरानी समाचार संचार माध्यमहरुले जनाएको छन् |

मदिरा सेवन गरेपछि कोरोनाभाइरसको संक्रमण नहुने सुनेपछि अत्त्याधिक मदिरा सेवन गरेकाका उनहरुको ज्यान गएको बताइएको छ | ‘अवाजका नागरिकले अल्कोहल पिउँदा कोरोना भाइरसको संक्रमण नहुने सुनेपछि उनीहरुले कोरोनाबाट बच्‍न अत्यधिक अल्कोहल सेवन गरेका थिए,’अवाज विश्वविद्यालयको चिकित्सा विज्ञानका प्रवक्ता अली इशानपउरले बताए |

इरानमा कोरोनाभाइरसको महामारी फैलिदै गएपछि सामाजिक सन्जालमा अफवाह फैलाइएको छ | त्यस्तै सामाजिक सन्जालमा मदिरा सेवन गरे कोरोना भाइरसले संक्रमण गर्दैन भन्ने गलत जानकारी फैलाइएको थियो | तर इरानमा मदिरामा प्रतिबन्ध लगाइए पनि केहीले औधोगिक कार्यका लागि प्रयोग गरिने विषाक्त मदिरा पिएको जनाइएको छ |

मदिरा सेवन गरेका २१८ जनाको इरानका विभिन्‍न अस्पतालमा उपचार भइरहेको छ | इरानमा हालसम्म कोरोना संक्रमणबाट २३७ जनाको मृत्यु भएको छ भने सात हजार १६१ कोरोना संक्रमित छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई