Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कोरोनाभाइरस सम्बन्धि नयाँ अध्ययन : कुन ‘ब्लड ग्रुप’लाई बढी खतरा ?

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत ५, एजेन्सी | चिनको वुहानबाट विश्वभरी फैलिएको कोरोनाभाइरसबारे  अनुसन्धानकर्ताले नयाँ तथ्य पत्ता लगाएका छन् | हुबेई प्रान्त जिनइंतान अस्पतालका अनुसन्धानकर्ताले गरेको अनुसन्धान अनुसार रक्त समूह ए(Blood Group A) भएका व्यक्तिलाई कोरोना भाइरसले छिट्टै संक्रमित गर्नसक्छ,भने ब्लड ग्रुप ओ (Blood Group O) भएका व्यक्तिहरुलाई संक्रमण हुन धेरै समय लाग्छ |

चीनको हुबेई प्रान्तको प्रान्तको राजधानी वुहानमा वैज्ञानिकहरुले उक्त अध्ययन गरेका हुन् | Medrxiv.org  मा प्रकाशित समाचारका अनुसार वैज्ञानिकले २,१७३ संक्रमित व्यक्तिहरुमा अध्ययन गरेका थिए | तिमध्ये २०६ जनाको मृत्यु कोरोना भाइरसका कारण भएको थियो  |

कोरोना भाइरसका कारण मृत्यु भएका २०६ व्यक्तिमध्ये करिब ४१.२६ प्रतिशत अर्थात ८५ जनाको रक्त समूह ‘ए’ थियो | जबकी करिब २५ प्रतिशत,५२ जनाको रक्त समूह ‘ओ’ थियो | २,१७३ व्यक्तिमध्ये रक्त समूह एक हुने व्यक्ति धेरै थिए । यीमध्ये ३२ प्रतिशतको रक्त समूह ‘ए’ थियो भने रक्त समूह ‘ओ’ भएका व्यक्तिहरु २६ प्रतिशत थिए |

रक्त समूह ‘ए’ को तुलनामा रक्त समूह ‘ओ’ भएकाहरु कोरोना भाइरसले निकै ढिलो संक्रमित हुने उक्त अनुसन्धानले बताएको छ |

हाल सम्म उक्त अनुसन्धानको रिभ्यू  भने भएको छैन | तर चीन तियानजिनस्थित स्टेटको ल्याबोरेटरी अफ एक्सपेरिमेन्टल हिम्याटोलोजीका वैज्ञानिक गाओ यिंगदाईले यो अनुसन्धानले यो रोगको उपचार खोज्न मद्दत गर्ने बताएका छन् |

गत डिसेम्बरमा हुवानबाट सुरुभएको कोरोनाभाइरसका कारण हाल विश्वमा ७ हजार २ सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ | त्यस्तै विश्वका १ सय ८० भन्दा बढी देशमा उक्त भाइरस फैलिसकेको छ |