२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बन्दाबन्दीपछि पशुपतिमा घट्न थाले शव

२०७६, २४ चैत्र सोमबार ०२:५९

पूर्णप्रसाद मिश्र काठमाडौँ | चैत २४, काठमाडौँ | बन्दाबन्दी  शुरु भएसँगै पशुपतिमा जलाउन ल्याइने शव पनि घट्न थालेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यही चैत ११ गते अघि पशुपतिमा अन्तिम संस्कारका लागि दैनिक ३० देखि ४० शव आउने गरेकामा हाल दैनिक १० देखि १२ शव मात्र आएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले राससलाई जानकारी दिनुभयो । 

लकडाउनका कारण अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सेवा बन्द रहेको, धेरै मानिस राजधानी छोडेर गाउँतिर हिँडेको, विदेशबाट शव आउन बन्द भएको र सडक दुर्घटनासमेत घटेकाले कम शव आएको हुनसक्ने कोषले जनाएको छ । देश विदेशबाट हुने उडान हाल बन्द छ । विदेशमा काम गर्न गएका नेपालीको शव आउने क्रम पनि रोकिएको छ ।

यातायात सहज नभएपछि उपत्यकाको काँठ क्षेत्रबाट पनि पशुपतिमा शव आउन रोकिएको छ । यातायात सहज भएका बेला काँठ क्षेत्रका मानिसले पनि पशुपतिमा शव जलाउन ल्याउँथे । यातायात नभएपछि मलामी आवतजावत गर्न समस्या हुने भएकाले काँठ क्षेत्रमै रहेका घाटमा शवदाह हुन थालेको हो । 

पशुपतिमा शव लैजाँदा ब्रह्मनालमा पशुपतिनाथलाई स्नान गरेको जलले स्नान गराउन पाइने भएकाले पनि मृतकका आफन्तले आर्यघाट लैजान्छन् । पशुपतिमा दाउराबाट र विद्युतीय दुवै विधिबाट शवदाहको सेवा उपलब्ध छ । विद्युतीय शवदाहतिर पनि बन्दाबन्दी अघिभन्दा शव घटेको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

विद्युतीय शवदाह गृहमा शवदाह गर्दा कोषले रु चार हजार शुल्क लिने गरेको छ । भष्मेश्वर घाटमा दाउराबाहेक शवदाह गरेको रु एक हजार ५०० शुल्क लाग्छ । यसैगरी आर्यघाटमा रु एक हजार ९०० शुल्क लाग्छ । दाउरा भने आवश्यकताअनुसार लाग्ने गर्छ । दाउरा किलोको रु नौमा बिक्री गरिरहेको कोषका निर्देशक राजु रेग्मीले बताउनुभयो । 


पशुपतिमा जलाइने शवका लागि सरकारले दाउरामा सहुलियत दिने गरेको छ । धनगढीबाट काठमाडौँमा दाउरा ल्याउन ढुवानी खर्च मात्र किलोको रु २० लाग्छ । यो खर्च हालसम्म जिल्ला वन कार्यालय काठमाडौँले व्यहोर्दै आएको छ । दाउरा कटान र ट्रकमा हाल्ने ओराल्ने ९लोड अनलोड० को ज्याला टिम्बर कर्पोरेसन अफ नेपाल ९टिसिएन० ले व्यहोर्ने गरेको कोषको सार्वजनिक खरिद तथा सेवा सुविधा शाखा प्रमुखसमेत रहनुभएका निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

यो सुविधा अन्यत्रका घाट सेवामा नभएकाले पनि पशुपतिमा शव बढी आउँथे । अन्यत्र शवदाह गर्दा मृतकका आफन्तले नै दाउराको व्यवस्था गर्नुपर्छ । पशुपतिमा शव जलाइदिने कर्मचारी र ब्राह्मणको व्यवस्था पनि अन्यत्रभन्दा सहज छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाल बन्दाबन्दी शुरु भएपछि उपत्यकामा दुर्घटनाबाट मर्नेको क्रम रोकिएको बताउनुहुन्छ । त्यसअघि दैनिक एक जना मानिस उपत्यकामा दुर्घटनामा परी मर्ने गरेको तथ्याङ्क महाशाखासँग छ । 

बन्दाबन्दी शुरु भएसँगै पशुपतिको घाट सेवामा कार्यरत कर्मचारीले सुरक्षा सामग्री नभएकाले शवदाह नगर्ने भन्दै विरोध जनाएका थिए । यसपछि मृतकका आफन्तले नै शवदाह गरेका थिए । बन्दाबन्दीका अवसरमा बेखर्चीले शवदाह गर्न चाहेमा निःशुल्क सेवा दिने घोषणा यसअघि नै कोषले गरिसकेको छ । 


पशुपतिमा निःशुल्क भोजन जारी

मजदूर, श्रमिक, विपन्न वर्ग एवं पशुपति क्षेत्र वरपर भक्तजनको आशमा जीवनयापन गरिरहेकालाई शुरु गरिएको निःशुल्क भोजन जारी छ । चैत १६ गतेदेखि पशुपतिस्थित सुमार्गी भवनमा शुरु गरिएको निःशुल्क भोजनमा दैनिक ५०० लाई खाना खुवाउने गरिएको कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपतिनाथ सबै अनाथका नाथ भएकाले बन्दाबन्दी जारी रहेसम्म विपन्न सबैलाई भोजन गराइने कोषले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो