2026-09-19 12:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कोरोनानै नलागेको स्वस्थ व्यक्तिलाई कोरोना संक्रमित गराइने, WHO द्वारा सहमति

वैशाख २८, एजेन्सी | विश्व स्वास्थ्य संगठन (WHO) ले एक विवादित परीक्षणमा आफ्नो समर्थन दिएको छ, जसमा स्वस्थ मानिसहरुलाई कोरोना भाईरस संक्रमित गरिनेछ । यस क्रममा भोलेन्टिएर गर्नेहरु कोरोना  संक्रमणको गम्भीर रूपमा बिरामी बन्ने खतरा समेत रहेको बताइएको छ । 

डेली मेलको रिपोर्ट अनुसार,  WHO को अनुसार स्वस्थ भोलेन्टिएरलाई कोरोना संक्रमित बनाउनाले कोरोना बिरुद्धको भ्याक्सिन निर्माण गर्ने प्रक्रिया छिटो अगाडी बढ्नेछ र महामारी नियन्त्रणमा छिट्टै सफलता प्राप्त गर्न सकिनेछ । स्वास्थ्य संगठनले यसै कारणलाई मध्येनजर गर्दै नैतिक रूपले कोरोनानै नलागेको मानिसलाई कोरोना संक्रमित गर्न स्वीकृति दिएको छ ।

विश्व स्वास्थ्य संगठनले भ्याक्सिनको परीक्षणको बिषयलाई लिएर बिभिन्न आठ शर्त समेत निर्धारण गरेको छ । यसरी स्वस्थ मानिसलाई कोरोना संक्रमण गराउँदा १८ देखि ३० बर्षको मानिसहरु मात्र सहभागी गराउन सकिने उल्लेख छ ।

स्वस्थ मानिसमा भ्याक्सिनको परीक्षण गर्ने क्रममा भ्याक्सिन दिएपछि कोरोना संक्रमित गराइनेछ । त्यसैको आधारमा उक्त कोरोना सारिएको व्यक्तिमा भ्याक्सिनको असर भयो/भएन भन्ने परीक्षण गरिनेछ । मलेरिया, टाइफाइड, फ्लूको भ्याक्सिन तयार गर्नको लागि यस्तै तरिका प्रयोग भएका थिए । अहिले मलेरिया, टाइफाइड, फ्लूजस्ता रोगको उपचारको लागि औषधि पत्ता लागिसकेको छ ।

तर कोरोना भाईरसबाट ग्रसित व्यक्तिको उपचारको लागि कुनै औषधि पत्ता लागेको छैन । यसै कारण कुनै स्वस्थ व्यक्तिलाई कोरोना संक्रमित गराएपछि परीक्षण सफल भएन भने संक्रमित गराइएको व्यक्ति खतरनाक स्थितिमा पुग्न सक्ने डर पनि छ । 

साधरणत: पहिलेदेखिनै संक्रमित भईसकेकाहरुलाई भ्याक्सिनको ट्रायल गरिनेछ । अक्फोर्ड यूनिवर्सिटी तथा इम्पेरियल कलेज लन्डनको तर्फबाट त्यस्ता मानिसहरुमा ट्रायल शुरू गरिएको छ  । तर यो प्रक्रियाबाट भ्याक्सिन पत्ता लगाउन निकै लामो समय लाग्ने हुँदा नयाँ च्यालेन्जको परीक्षणको कुरा उठेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई