2026-06-24 05:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सायद काठमाडौँ पहिले कहिलै यस्तो देखिएको थिएन (६ तश्वीर)

वैशाख २८, काठमाडौँ | कोरोना भाइरसले बन्दाबन्दी (लकडाउन) जारी रहँदा काठमाडौँको वातावरण भने मुस्कुराईरहेको छ । काठमाडौँका अधिकांश ठाउँहरु हेर्न लायक देखिएका छन् । अन्य बेलामा सडकभरी सवारी गुड्दा र त्यसको प्रदुषणले घुर्मइलो देखिने काठमाडौँ कतिसम्म खुलेको छ तलका तश्वीरहरुले दर्साउँछ । काठमाडौँमा जति प्रदुषण र कोलाहल थियो त्यो अवस्था अहिले छैन । कोरोना महामारीको कारण माक्स लगाएर हिड्नुपर्ने बाध्यात्मक स्थिति बनेको बेला काठमाडौँको वातावरणमा अहिले खुल्ला स्वास लिन मन लाग्ने भएको छ । 

लकडाउनका कारण मानवीय चहलपहल नहुँदा अहिले काठमाडौँको वातावरण अत्यन्तै स्वच्छ, सफा र हरियालीले भरिएको छ । फूलहरू फुलेका छन् । त्यसमा पनि बसन्त ऋतुको महिना भएर पनि हुनसक्छ काठमाडौँ साच्चै सुन्दर बनेको छ । सडक छेउमा हरियाली तथा फुलेका फुलका बीचमा सफा सडकले कान्तिपुर नगरी मनमोहक बनेको छ । अरुबेलामा उकुसमुकुस काठमाडौँका सडक छेउमा बसेर कतिपयले त सेल्फी समेत खिचेर सामाजिक संजालमा हालेका छन् ।  

काठमाडौँमा सडकछेउ फुलेको जाकरान्डा फूल, त्यसको भुईमा समेत फुलको थुंगाहरु झरेर थप रौनक देखिएको छ । साच्चै अहिलेको जस्तो राम्रो, स्वच्छ, सफा र हरियाली काठमाडौँ सायद पहिले कहिलै देखिएको थिएन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे