त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस् नसुनाओस्, पहिले पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस् नसुनाओस्, पहिले पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मा"/>
2026-06-24 07:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कसले बुझ्ने ? ‘अमेरीकाको ग्रिनकार्ड पाएकोलाई भन्दा खाडी गएकालाई देश र घरको मायाँ धेरै लाग्छ’

त्यसो त मान्छे आफ्नो जीवनकालको एक खण्डमा साहित्यकार पक्का बन्छ । या गजल लेखोस् या त कबिता या त गित नै कसैलाई सुनाओस्/नसुनाओस्, पहिले-पहिले लेखेर नोटबुक दराजका कुनामा राख्थे आजकल जसो-तसो सामाजिक सञ्जाल ब्लकमा आफ्ना भावना पोख्छन् र बुझ्नेले बुझ्छन् पनि । हुन त मान्छे शुखमा भन्दा दु:खमा धेरै भावनामा बग्छ, धेरै रचना दु:खमै निस्कन्छन् । देश छोडेपछी भाषाको झनै धेरै मायाँ लाग्छ आफ्नो भाषामा लेखेको केहि देखिहालियो भने पनि मन सार्है रमाएर आउँछ  । 

म यू.ए.ई आएको लगभग चार बर्ष पुग्न लाग्यो । यो चार बर्षको अबधिमा रोजि-रोटीमै बढी भुलियो । जिन्दगीका कुनै दिन, दिनमा २/३ वटा गजल फुर्ने मनमा एउटा गजल फुर्न पनि गार्हो हुन थाल्यो । थोरै मान्छे रहरले र धेरै मान्छे बाध्यताले छिर्ने ठाउँ हो प्रदेश । असली जिन्दगीको असलि रंग देखिन्छ, प्रदेसिए पछी । हुन त मान्छेलाई जति गरे पनि सन्तुष्टी हुँदैन देशमा हुँदा बिदेशिने हतार, बिदेशमा हुँदा घर फर्किने हतार, तर पनि यस्तै-यस्तै गर्दे चलिरहन्छ प्रदेशी जिन्दगी । ‘२ बर्ष भन्दा ज्यान गएनी बस्दिन’ भन्दै यहाँ आएको हर्के दाई २० बर्ष हुँदा पनि अब “यो चाही मेरो अन्तिम भीषा हो भाई, रिन्यू गर्दिन” भन्दै गरेको भेटिन्छ फेरि अर्को दुई बर्ष पछाडी पनि त्यसै भन्दै गरेको भेटिंदा नौलो मान्नु पर्दैन । 


केही समयदेखी यू.ए.ई.मा भएका नेपालीलाई एउटै गाँठोमा बाँध्नु पर्छ भनेर लागीपरेको “नेपाली समुदाय यू.ए.ई”.ले गत शुक्रबार भानु जयन्तिको अवसर पारेर श्रष्टा सम्मेलनको आयोजना गरेको थियो । मेरो पनि सहभागि हुने मौका मिल्यो । निकै बर्षको अन्तरालमा यसरी साहित्यिक समारोहमा हराउँदा अनुभव हुन्थ्यो – श्रस्टाप्रतिको देशको मायाँ आमाले पकाएर दिएको गुन्द्रुक र ढिडोको मायाँ ।

हामीले खाडिलाई त्यति माया गर्दैनौँ । खाडिमा जाने मान्छे भनेका नपढेका अन्त जान नसकेर अड्केका या यस्तै-यस्तै भन्ने मान्यता अझै पनि छ, हाम्रो समाजमा । मेरो छोरा जापान, मेरो छोरा बेलायत, या अमेरिकामा छ भन्दा जुन गर्ब र सान हुन्छ, एउटा बाबुलाई त्यति नै सान मेरो छोरा साउदी, कतार, या दुबाईमा छ भन्दा हुन्न होला । सायद अमेरीकामा ग्रिनकार्ड पाएको छोरालाई भन्दा खाडिमा केही बर्ष पसिना बेच्न गएको छोरालाई देश र घरको मायाँ धेरै लाग्छ भन्ने कसले बुझ्ने ? ग्रिन कार्ड पाएको छोरा फर्किन्छ फर्किन्न थाहा हुँदैन तर खाडीमा गएको छोराको अन्तिम गन्तब्य आफ्नै देश हो । त्यहि भएर अनलाईनमा देश-विकास भएन भनेर गुनासो गर्ने सबैभन्दा धेरै खाडिवाला नै हुन्छन् । देशको चिन्ता यिनैलाई धेरै हुन्छ । यो पढिरहँदा कसैलाई लाग्दो हो “त्यसो भए आँफूहरु आएर बनाउनु पर्यो नि देश ।“ एउटा युवा बिदेशबाट अब म फर्किन्न भनेर देश जान्छ । केही गर्न खोज्छ, बिदेशमा हुँदा जम्मा गरेको पैसा सक्छ र फेरी तिनैसँगै काम गरेका साथीलाई म्यासेज पठाउँछ । “ओई ल न यार एउटा काम खोज्नु पर्यो यहाँ त केही पनि नहुने भो”। किन यस्तो ?

निकै धेरै श्रष्टाहरुलाई रचना सुन्ने र सुनाउने मौकाको मेलोमेसो मिलाउने नेपाली समुदाय यू.ए.ई र बिदुर जि प्रति आभारी छु यहाँहरुले गर्न लाग्नुभएको चेलिलाई दर खुवाउने काम होस् या मिर्गौला पिडितलाई सहयोग गर्ने अभियान होस् सबै सँधै सफल रहुन् शफलताको कामना गर्छू । 

- आर्.पी. सिर्जन
अज्मान, यू.ए.ई.

(लेखक स्यांग्जा जिल्लाका हुन्)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे