पढ्न करिब 1 मिनेट लाग्छ

जेठ १४, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले मंगलबार तीनवटा व्यापारिक फर्मलाई कारवाही गरेको छ। प्रचलित कानुन र उपभोक्ता हित विपरीतको काम गरेको पाइएका फर्मलाई २ लाख ७० हजार रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ।

मनोमानी रूपमा बढी मूल्य लिएर मास्क र स्यानिटाजर बिक्री गरेको पाइएपछि अनलाइन शपलाई कारवाही गरिएको हो। विभागको टोलीले बजार अनुगमनका क्रममा राजधानीको तिनकुनेस्थित नक्षत्र इन्कर्पोरेशन प्रालिलाई २ लाख रूपैयाँ जरिवाना गरेको छ।

साथै व्यवसाय दर्ता र खरिद बिल प्रयोग नगरी सामान बिक्री गर्ने दुईवटा अनलाइन शपलाइ पनि जरिवाना गरेको छ। टोलीले कोटेश्वरमा रहेको अलिबाबा नेपाल शपलाइ व्यवसाय दर्ता नगरी व्यापारीक क्रियाकलाप गरेको पाइएपछि ५० हजार रूपैयाँ जरिवाना गरेको छ।

यस्तै इजी शपले ग्राहकलाइ बिल प्रयोग नगरी सामान बिक्री गरेको पाइएपछि २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको हो। विभागले कल सेन्टरमा आएका उजुरी र उपभोक्ताले दिने गरेका सूचनाका आधारमा बजार अनुगमन गरिरहेको जनाएको छ।