पढ्न करिब 1 मिनेट लाग्छ

असार ११, काठमाडौँ | कतार स्थित नेपाली दुतावासले कतारबाट नेपाल फर्कनका लागि जुन १२ देखि २५ सम्म फाराम भरेका थप नामावली सार्वजनिक गरेको छ ।

दुतावासको सूचना

यस राजदूतावासको मिति २०७७।२।३० को सूचनामार्फत कोभिड-१९ को प्रकोपबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश फर्कनैपर्ने नेपाली नागरिकहरुले दूतावासले उपलब्ध गराएको दर्ता फाराम भरेर तथा अन्य माध्यमबाट १२ जुन २०२० सम्म आफ्नो विवरण उपलब्ध गराउनु भएका नेपालीहरुको नामावली प्रकाशित भएको थियो । सो मिति पश्चात आज मिति २५ जुन २०२० सम्म राजदूतावासको फाराम भर्नुभएका देहायका थप नेपालीहरुको नाम दर्ता भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।

यो नामावली नेपाल फर्कने प्राथमिकता सूचि नभई राजदूतावासमा नाम दर्ता भएको जानकारी मात्र हो । यस नामावली मध्येबाट प्राथमिकतामा पर्ने नेपालीहरुको सूचि हवाइ उडान तय भएसँगै क्रमश: प्रकाशित गर्दै लगिनेछ ।

२०७७।११

नेपाली राजदूतावास, दोहा

सार्वजनिक भएको नामावली हेर्न यहाँ क्लिक गर्नुहोस